सरकारले इतिहासमै सर्वाधिक विकासका काम गरेको छ : प्रधानमन्त्री ओली
- गाउँ सहर संवाददाता
- १ फाल्गुण शनिबार, २०७७ | १६:४८:०० मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा इतिहासमै सर्वाधिक विकास गरेको दावी पनि गरेका छन् ।
बुटवलमा आयोजित आमसभामालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
ओलीले आफू प्रधानमन्त्री भएपछि गरेको भन्दै सयौँ कामको फेहरिस्त पनि बताए । उनले भने, ‘शिक्षा, स्वास्थ्य, विकास, सुशासन र सामाजिक काममा मेरो पालामा ऐतिहासिक तिव्रता आएको छ, यतिधेरै काम अहिलेसम्म कसैले गरेको थिएन, तीन वर्षसम्म हामीले गरेका काम देखेर विरोधीहरु तर्सिएका छन् ।’
“हामी यही लुम्बिनीमा तीन हजार जना अटाउने क्षमताको सभाहल बनाउँदैछौं। सिद्धार्थ राजमार्गलाई डबल लेनको सडक बनाउँदैछौ। सुस्तादेखि राजपुरसम्म सबै ठाउँमा विकास आयोजनाहरू निर्माण भइरहेका छन्”, प्रधानमन्त्री ओलीले रूपन्देहीको बुटवलमा आज आयोजित जनसभा भने, “तर, यति धेरै विकासको काम हुँदा उहाँहरूलाई सरकारले काम गर्यो भन्ने हिम्मत भएन। स्वीकार्ने हिम्मत पनि छैन” उनले भने ।
राजनीतिक रूपमा विभाजित भएर गएका नेकपाको प्रचण्ड समूहलाई लक्षित गर्दै उनले पार्टीबाट बाहिर निस्केकाहरूले कहिल्यै सरकारले गरेको राम्रा कामको प्रचार नगरेको बताए ।
पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाललाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले पार्टी फुटेको नभइ पार्टीमा बसेर सरकारको बदनाम गर्ने र पार्टी अनुशासन नमान्ने केही मान्छेहरू मात्रै पार्टीबाट बाहिर गएको बताए ।
‘अहिले पार्टी एउटै विचारमा अनुशासित भएर गतिशिल भएको छ, देश बनाउने संकल्पसहित अघि बढेको छ, सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले भने, ‘अब हामी निरास हुनुपर्ने अवस्था छैन, कठैबरा भन्नुपर्ने गएका छैनन, पार्टीको बदनाम गर्नेहरु, मुलुकको समृद्धि नचाहानेहरु मात्रै बाहिरिएका हुन् । उनीहरु अहिले सडकमा डम्फू बजाइरहेका छन् ।’
आफूलाई काम गर्न नदिएपछि जनतामाँझ जाने निर्णय गर्नु प्रतिगमन भयो भन्ने गरेको भन्दै जनताको बीचमा जानु हुन्न भन्ने कस्तो खालको कुरा हो ? भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे ।
ओलीले निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि सरकारले नछाड्ने दावी गरेका छन् । उनीहरुलाई केही समयभित्रै अदालतको कठघरामा उभ्याएर सजाय दिइने उनले बताए ।
बुटबलमा आयोजित जनसभालाई सम्वोधन गर्दै ओलीले भने, ‘निर्मला र भागरथीका हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन । दुई–चार दिन उम्किएलान् । डरले थर्कमानको जिन्दगी बिताए पनि, लुके पनि सजाय घट्नेवाला छैन । उनीहरुलाई पूराका पूरा सजाय गरेर छोड्नेछौं ।’
ओलीले अहिले शान्ति सुरक्षाको स्थिति आमरुपमा राम्रो भएको दावी गरे । ‘हिजो ईंट्टाभट्टामा जलाउनेहरुलाई मन्त्री बनाइयो, आज हामीले हत्कडी लगाएर झ्यालखानमा हालेका छौं । १२ वर्षअघिका अपराधिलाई जेलमा हालेका छौं भने अहिलेका अपराधि पनि उम्किन पाउने छैनौं’ ओलीले भने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस