पर्यटन

पोखरा म्याराथन सफल बनाउन पर्यटन व्यवसायी उत्साही

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा यहि फागुन १ गते हुने “१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” सफल बनाउन पोखरेली पर्यटन व्यवसायी उत्साहित देखिएका छन् ।

पोखरामा पर्यटन व्यवसायीहरुको एक भेलामा पोखरा म्याराथन उत्साहित मात्रै भएका छैनन उनीहरुले आफ्नो प्रतिवद्धता समेत जाहेर गरेका हुन् । सो अवसरमा बाेल्दै पोखरा महानगर वडा नं ६ का अध्यक्ष जगत बहादुर पहारीले सदा झैं पोखरेलीहरु पोखरा म्याराथन सफल बनाउन एक जुट भएको बताए । उनले पोखरालाई विश्व मानचित्रमा पोखरालाई चिनाउन पोखरा म्याराथनको भूमिका महत्वपूर्ण रहेकोले सवै संघ संस्थाहरुको उत्तिकै महत्वपूर्ण भूमिका हुनुपर्ने कुरामा जोड दिए । आफ्नो वडा पर्यटन क्षेत्रको वडा समेत रहेकोले म्याराथन सफल बनाउन वडा नं ६ ले कुनै कसर बाँकी नराख्ने बताए ।

अग्रज पर्यटन व्यवसायी तथा मञ्चका सल्लाहाकार गणेश बहादुर भट्टराईले पोखरा म्याराथनलाई सफल बनाउन आफ्नो तर्फबाट नगद २५ हजार प्रदान गर्ने घोषणा गर्दै यसको सफलताले पोखरालाई खेलकूद पर्यटनको शहरको रुपमा परिचय गराउन भूमिका खेल्ने बताए । यसै गरी पूर्व पर्यटन वोर्ड सदस्य अग्नी कडेलले व्यक्तिगत रुपमा म्याराथन सफल बनाउन ७ हजार प्रदान गर्ने घोषणा गर्दै सवैको सहयोगले नै पोखरा म्याराथन सफ हुनेमा विश्वास व्यक्त गरे ।

सो अवसरमा पोखरा पर्यटन कार्यालयका प्रमुख काशी भण्डारी, पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई, रेवानका अध्यक्ष लक्ष्मण बराल, पर्यटन वोर्डका पूर्व सदस्यद्वय बासु त्रिपाठी र टिकाराम सापकोटा, हानका अध्यक्ष विकल तुलाचनलगाएत करिव १ दर्जन संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले आ–आफ्ना धारणा सहित पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा एभरेथिङ रनिङ सफटनेस सेन्टरका सन्दिप विकले पोखरा म्याराथन सफल बनाउन मञ्चका अध्यक्ष तेज गुरुङलाई नगद १० हजार प्रदान गरेका छन । अध्यक्ष गुरुङले सो अवसरमा पोखरेनी पर्यटन व्यवसायीहरुलाई पोखरा म्याराथन सफल बनाउन आग्रह गर्दै म्याराथले खेलकूदको माध्यबाट पार्ने सकारात्मक प्रभाव पार्ने विषयमा पर्यटन व्यवसायीहरुलाई जानकारी गराएका थिए ।

यसै बीच पोखराका विभिन्न अस्पताल, एम्वुलेन्स सेवा, फिजियोथेरापी र प्राइभेटकारका सञ्चालकहरुका बीच पोखरामा भएको एक भेलाले पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जाहेर गरेका छन् । मञ्चका प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पताल, एम्वुलेन्स सेवा, फिजियोथेरापी र प्राइभेटकारका सञ्चालकहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । स्मरणिय के छ भने पोखरा म्याराथनका विभिन्न रुटमा २८ वटा एम्वुलेन्स सँगै विभिन्न अस्पतालहरुमा धावकहरुको उपचार सेवा, फिजियोथेरापिष्ट, नेपाल रेडक्रसका स्वयंसेवक तथा विभिन्न सामाजिक संस्थाहरुको सहभागिता रहने भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत