जनताको हितमा काम गरेर देखाउने डिएसपी मरासिनीको प्रतिवद्धता
- गाउँ सहर संवाददाता
- ५ माघ सोमबार, २०७७ | २०:५९:०० मा प्रकाशित

लेखनाथ । ईलाका प्रहरी कार्यालय हंसपुर मुकाम डाडाँकोनाकमा सरुवा भई आएका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जनताको हितमा काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रहरी कार्यालय हेडक्वाटरबाट डाडाँकोनाक प्रहरी कार्यालयको जिम्मेवारी समाल्न आएका प्रहरी नायव उपरिक्षक मरासिनीले लेखनाथका संचारकर्मीहरुको भेटमा शान्ति सुरक्षा कायम राखी समाज सुधारका सवालमा कुनै कसर बाँकी नराख्ने तथा नीति, नियमलाई आत्मसाथ गर्दै सवैको साथ र सहयोगले कानुनी राजमा लागिरहने बताएका हुन् ।
पोखरा प्रवेशको मुख्य ठाउँ लेखनाथ शान्ति सुरक्षाका सवालमा अति सम्वेदनशील भएकाले लागुऔषध नियन्त्रणदेखि अबाञ्छनीय क्रियाकलाप गर्नेहरुलाई नियन्त्रणमा लिई निस्तेज पार्ने उनले बताए ।
प्रहरी प्रशासनलाई आर्थिक प्रलोभनदेखि राजनैतिक आस्थाका आधारमा कानुन र नियमलाई मिचेर कमजोर बनाउने र दवाव सृजना गर्नेहरुदेखि टाडै रहने बताउँदै डिएसपी मरासिनीले जनताको हितमा काम गरेर देखाउने प्रतिवद्धता समेत जनाएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
- सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
- सुरक्षा परिस्थितिको आधार देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू समय थप्याे
प्रतिकृया दिनुहोस