एटिएम कार्ड बिना नै लक्ष्मी बैंककाे पैसा झिक्न सकिने
- गाउँ सहर संवाददाता
- ३ पौष शुक्रबार, २०७७ | १२:३३:०० मा प्रकाशित
काठमाडौं । लक्ष्मी बैंकले कार्ड रहित एटिटिएम प्रविधि भित्र्याएको छ । बैंकले एटिएम कार्डको विकल्पको रुपमा एक नौलो प्रविधि नेपालमै पहिलो पटक भित्र्याएको हो ।
बैंकको मोबाईल एप मा रहेको सुविधा प्रयोग गरेर ग्राहकले सजिलै एटिएमबाट कार्ड बिना नै पैसा झिक्न सक्ने बैंकले जनाएको छ ।
डिजिटल बैंकिंग प्रविधि विस्तार गर्ने अभियानको क्रममा बैंकले ग्राहकको वालेटलाई पूर्ण रुपमा डिजिटल बनाउने तयारी गरिरहेको छ ।
कार्ड बिना यसरी एटिएमबाट पैसा भिक्ने
ग्राहकले बैंकको मोबाइल बैंकिंग एप – “मोबाइल मनि” र आफ्नो मोबाइलमा इन्टरनेट साथै बैंकको सो सेवा सब्स्क्राइब गरेको हुनु पर्नेछ । आफ्नो मोबाइल मनिमा लगइन गर्ने बितिकै “कार्डलेस विथ–ड्र” भन्ने अप्सन देख्न सकिन्छ । यसमा क्लिक गरेर चाहेजतिको रकम हाल्नु पर्नेछ । त्यस पछि “कन्फर्म” गर्नका लागि आफ्नो एमपिन वा फिंगर प्रिन्ट स्क्यान गर्नु पर्नेछ ।
यति गरिसकेपछि आफ्नो फोनमा (मोबाईल मनि मा दर्ता भएको नम्बरमा) “ओटिपि कोड” एसएमएसको रुपमा प्राप्त गर्नु हुनेछ, जसलाई कारोबार नसके सम्म सुरक्षित राख्नुपर्ने हुन्छ तर प्राप्त भएको सो ओटिपि कोड केहि समय सम्मका लागि मात्र प्रयोग गर्न सकिनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस