सार्वजनिक यातायात चढ्ने सर्वसाधारणलाई यातायात व्यवस्था विभागकाे यस्ताे आग्रह
- गाउँ सहर संवाददाता
- ७ असोज बुधबार, २०७७ | १४:४६:०० मा प्रकाशित

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा आवश्यक परे मात्र प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै विभागले गत असोज १ गतेदेखि सबै खाले लामा तथा छोटा दुरीका सार्वजनिक यातायात सञ्चालनमा आएपनि अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
सार्वजनिक यातायातमा कोभिड–१९ को संक्रमणको जोखिम उच्च रहेको भन्दै विभागले सकेसम्म सार्वजनिक यातायात प्रयोग नै नगर्न र गर्नै पर्ने भएपनि सुरक्षित रहेर मास्क, सेनिटाइजर प्रयोग गरेर मात्र यात्र गर्न भनेको छ ।
साथै, लामो दूरीको यात्रामा खाजा, नास्ता आफ्नै घरबाटै प्याकिङ्ग गरेर हिँड्न समेत विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।
सार्वजनिक होटल तथा खाजा घरहरुमा भिडभाड हुने र संक्रमणको जोखिम उच्च रहने भन्दै विभागले यस्तो निर्देशन गरेको हो । खाजा, नास्ता खुवाउने होटल तथा रेष्टुरेन्टहरुलाई सुरक्षित रहि स्वस्थ खाना नास्ताको प्याकिङ्गको व्यवस्था गरिदिन समेत विभागले आग्रह गरेको छ ।
काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणालीमा सार्वजनिक यातायात खुले पनि मापदण्ड पूरा नहुँदा सार्वजनिक यातायातमा सवारी गर्नेहरुमा कोरोना संक्रमणको जोखिम बढेको हो ।
उपत्यकामा जोर-बिजोरमा सार्वजनिक सवारी सञ्चालन हुन दिने र एक सिटमा एकजना मात्रै बस्न पाउने नियमको व्यावसायीले पालना गरेको देखिँदैन । यसको प्रभावकारी अनुगमन हुन नसक्दा कोरोना संक्रमण बढ्दै गएको विज्ञहरूकाे भनाइ छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस