अहिलेसम्म कोरोनाका कारण पर्सामा मात्रै ४८ जनाले ज्यान गुमाए
- गाउँ सहर संवाददाता
- १३ भदौ शनिबार, २०७७ | १३:२४:०० मा प्रकाशित

वीरगञ्ज । शनिवार थप तीन जनाकाे कोरोनाका कारण मृत्यु भएसँगै वीरगञ्जमा मृत्यु हुनेकाे संख्या ४८ पुगेको छ । साउन यतामा मात्रै कोरोना संक्रमणको कारण ४४ जनाको मृत्यु भएको हो । वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४८ जनामध्ये १ बेवारिसे युवकसहित पर्साका ३६ जना, बाराका १० जना र रौतहटका २ जना रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
शनिवार वीरगञ्ज महानगरपालिकाका थप तीन जना कोरोना संक्रमणको कारण मृत्यु भएको छ । वीरगञ्जको नारायणी अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा दुई जना थप उपचारको लागि काठमाण्डौ लैजानेक्रममा एक जना गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
उपचाररत कोरोना संक्रमितहरु मध्ये शुक्रबार राती दईु जना र शनिबार बिहान एक जना गरी थप तीन जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा. अतुलेश चौरसीयाले पुष्टि गरे ।
मृतक तीनजनामा एक जना ६५ वर्षिय महिला र ४३ तथा ४० वर्षिय दुई जना पुरुष रहेका छन् भने मृतक तीनै जना पर्साको वीरगञ्ज महानगरपालिकाका स्थानीयवासिन्दा हुन् ।
मृतकमध्ये ६५ वर्षिय महिलालाई श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार अपरान्ह उपचारको नारायणी अस्पतालमा ल्याईएको थियो भने उपचारको क्रममा बेलुकी साढे ५ बजे ती महिलाको मृत्यु भएको थियो ।
त्यस्तैगरी शुक्रबार राती ११ बजेर ५५ मिनटमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का ४३ वर्षिय युवकको कोरोना संक्रमणको कारण वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तैगरी शनिबार महानगरपालिका वडा नम्बर २२ मनियारीका ४० वर्षिय युवकको शनिबार बिहान ४ बजे मृत्यु भएको हो । वीरगञ्जको गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत रहेका ती पुरुषको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शुक्रबार राति १२ बजे काठमाण्डौ रिफर गरिएको थियो । वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालले काठमाण्डौमा गएर थप उपचार गराउनको लागि रेफर गरेको थियो । ती संक्रमितलाई एम्बुलेन्समा राखेर थप उपचारको लागि काठमाडौं लैजाने क्रममा चितवनको मुग्लिनमा पुग्दा शनिबार बिहान ४ बजे मृत्यु भएको डा. चौरसीयाले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस