शिक्षा

राजधानीको टेक्सास कलेजले अनलाइन कक्षा सुरु गर्दै

काठमाडाैँ । कोरोना भाइरसको इपिसेन्टर चीनबाट अहिले युरोपमा सरेको छ । सबैजसो देशहरु यसबाट प्रभावित छन् । कोरोनासँग लड्न देशहरुले अनेक रणनीति अवलम्बन गरिरहेका छन् । यसमा पनि सबैले अपनाएको साझा रणनीति हो- लकडाउन ।

प्राय: देशहरुमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द छन्, अहिले । सरकारले मानिसहरुलाई ‘मिलेसम्म घरमै बसेर काम गर्न’ आग्रह गरेको छ । खासगरी ७० वर्ष नाघेका वृद्ध-वृद्धाहरुलाई घरबाट बाहिर ननिस्कन भनिएको छ ।

विश्वविद्यालय र उच्च शिक्षा अध्यापन गराउने कलेजहरु बन्द गराएको छ । यसै बिचमा राजधानीको टेक्सास कलेजले आफ्ना विद्यार्थीको सहजताको लागि आगामी आइतबार, चैत्र २३ गतेबाट अनलाईन कक्षा सुचारु गर्ने भएको छ । जसको मद्दतबाट विद्यार्थीले अब घरबाटै सहज रुपमा कक्षा लिन पाउनेछन् । भर्चुअल कक्षाको लागि चाहिने सम्पूर्ण तयारी पुरा भैसकेको कलेजका आइटी इन्चार्ज ओमकार बस्नेतले जानकारी दिएका छन् ।

कलेजका प्रिन्सिपल भेष राज पोख्रेलले विद्यार्थीको खाली समयलाई सहि ढंगबाट उपयोग गराउन साथै जस्तो अवस्थामा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज परिवार सदैव तत्पर रहने र विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै यो सुविधा सुचारु गरेको जानकारी दिए ।

हाललाई यो कक्षा ब्याचलर पढिरहेका आइटीका विद्यार्थीले दिनको एक घन्टाका दरले पाउने र आगामी दिनमा सम्पूर्ण संकायमा यस किसिमको कक्षा संचालनमा ल्याउने कलेजको तयारी रहेकाे कलेजका आइटी प्रमुख सुमन थपलियाले जानकारी दिए ।

यो बिकराल अवस्थामा सम्पूर्ण विद्यार्थीले कलेजको कदमलाई सहर्ष अबलम्बन गर्ने पक्षमा कलेज परिवार निश्चिन्त रहेको कुरा कलेजका भाईस प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले जानकारी गराए । 

गाउँ सहर संवाददाता

तपाईँको मत