कला

‘चिसो बियर’ गीतले प्रहरी हिरासतमा पुगेका गायक दुर्गेश थापा युट्युबबाट गीत हटाएपछि रिहा

  • ५ कार्तिक मंगलबार, २०७६ | १५:४१:०० मा प्रकाशित

काठमाडौं । विवादास्पद गीतका कारण पक्राउ परेका गायक दुर्गेश थापालाई प्रहरीले छाडेको छ । 

तिहार गीत भन्दै 'चिसो बियर' भन्ने गीत निकालेका थापाले माफी माग्दै युट्युबबाट गीत हटाएपछि उनी छुटेका हुन् ।

थापाविरुद्ध देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता भत्काउन खोजेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । गीतमा धूमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने आव्हान गरिएपछि चौतर्फी विरोध समेत भएको थियो । 

पक्राउपछि गायक थापाले प्रहरी कार्यलयमा आफूबाट गल्ती भएको स्वीकार गर्दै युट्युबबाट गीत हटाएका छन्। आफूले गीतमा प्रयोग गरेका शब्दले समाजको संस्कृति भड्किएको भन्दै उनले क्षमा समेत मागेका छन्। 

प्रहरी कार्यलयमा सम्झौताअनुरुप उनले अन्य दर्शक-श्रोतालाई समेत उक्त गीत पुनःअपलोड नगर्न सार्वजनिक रुपमा अनुरोध समेत गरेका छन्। 

उनलाई आजै प्रहरीले नियन्त्रणमा लिएको थियो । 

तपाईँको मत