अन्तर्वार्ता

‘टेक्सास कलेजले विद्यार्थीलाई समाजसँगै व्यवस्थापन र प्रविधिसँग रोजगार जोडिरहेको छ’

काठमाडाैं । नर्सरी कक्षादेखि स्नातकाेत्तर तहसम्मकाे पढाई उपलब्ध एउटै छानामुनी अर्थात एउटै नेटवर्कभित्र त्याे पनि अब्बल र गुणस्तर शैक्षिक हब हाे टेक्सास नेटवर्क । कलेजले विशेष त स्नात्तक तहमा बढी जाेड दिएकाे छ जुन तहबाट विद्यार्थीहरुलेहरूले उज्जवल भविष्य भेट्टाउँछन् । 

५ हजार विद्यार्थी, २ सय ७२ शिक्षक तथा कर्मचारीले राेजगारीसमेत पाएकाे यस कलेज सन् २०१० देखि बहुआयामिक संस्थाका रुपमा अध्यापन गराउँदै आइरहेको छ ।

टेक्सास इन्टरनेसनल कलेज र टेक्सास कलेज अफ मेनेजमेन्ट एण्ड आईटीले विभिन्न संकायमा विभिन्न विषयहरूका कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ । टेक्सास कलेजले त्रिविबाट सम्बन्धन प्राप्त बिएस्सी सिएसआइटी, बिबिएस, बिए, बिएसडब्ल्यु, बिसिए, बिबिएम, र एमबिएस संकाय मार्फत सूचना प्रविधि, व्यवस्थापन र सामाजिक विज्ञानको क्षेत्रमा सकारात्मक भूमिका खेलेको छ । लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त टेक्सास कलेज अफ मेनेजमेन्ट एण्ड आईटीले बिबिए, एमबिए, बिआइटी र बिसिए का कक्षाहरु पनि प्रभावकारी रूपमा सञ्चालन गर्दै आइरहेको छ ।

मुलुकका लागि व्यवस्थापन क्षेत्रमा नेतृत्व दिन सक्ने जनशक्ति उत्पादनका लागि अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढिरहेको तथा व्यवस्थापनमा बजार लक्षित जीवन उपयोगी शिक्षालाई विशेष जोड दिँदै आएकाे छ । यसै सेराेफेराेमा रहेर समग्र शैक्षिक गतिविधिका विषयमा एक दशकदेखि यसै संस्थामा रहेर गुणस्तर र राेजगारमुलक शिक्षाका लागि लागिरहेका टेक्सास नेटवर्कका निर्देशक नारायण पोखरेल (बिजनेस डेभलपमेन्ट) सँग गाउँ सहर डट कमले गरेकाे कुराकानी:

yesभर्खरै प्लस टूकाे भर्ना सकिएर ब्याच्लरकाे भर्ना चलिरहेकाेले अभिभावक र  विद्यार्थी टेक्सास कलेजप्रतिकाे चासाे कस्ताे पाउनुभएकाे छ ?

टेक्सास इन्टरनेसनल कलेज एक अब्बल, बहुप्रतिष्ठित शैक्षिक प्रतिष्ठान हो । यस कलेजले २०१० देखि बहुआयामिक संस्थाका रुपमा अध्यापन गर्दै आइरहेको छ । विज्ञान, व्यवस्थापन र मानविकी संकाय तर्फका शैक्षिक गतिविधिहरु सञ्चालन हुँदै आइरहेका छन् ।

दक्ष, लगनशील अनुभवी तथा विद्वत् व्यक्तित्वहरुको संलग्नतमा शिक्षण, प्रशिक्षण गतिविधिमार्फत वर्तमान परिवेशलाई चाहिने दक्ष जनशक्ति उत्पादन लक्ष्य लिएको छ साथै यस कलेज शैक्षिक र दक्ष विद्यार्थी उत्पादनमा ठूलो भुमिका खेल्दै आइरहेको छ । त्यसकारण पनि हाम्राे कलेजमा विद्यार्थी र अभिभावक भर्ना प्लस टू मा पनि भर्ना हुन चाहेजति सबैलाई लिन सकेनाै । हामी निश्चित विद्यार्थीहरू मात्र भर्ना लिन्छाैं । त्यसैगरि ब्याच्लरकाे लागि भर्ना खुलेकाे छ यसमा पनि धेरै  विद्यार्थी र अभिभावकहरू बुझ्न आइरहनुभएकाे छ । 

टेक्सास कलेजले त्रिविबाट सम्बन्धन प्राप्त बिएस्सी सिएसआइटी, बिसिए, बिबिएम बिबिएस, बिए, बिएसडब्ल्यु, संकायमा भर्ना हुने र बुझ्नेहरूकाे चासाे जारी छ । लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त टेक्सास कलेज अफ मेनेजमेन्ट एण्ड आईटीले बिबिए, एमबिए, बिआइटी र बिसिए का कक्षाहरु पनि उत्तिकै चाप छ ।

yesब्याच्लरमा तपाइँहरूकाे फाेकस कुन संकाय वा विषयमा हाे ?

अवश्य पनि, अहिलेकाे पढाई सर्टिफिकेटकाे लागि मात्र हाेइन न त जागिरे हुन मात्र । जमाना फेरिसकेकाे छ । उद्यमशीलताको विकासकाे लागि नै सरकारले पनि जाेड दिइरहेकाे छ । हामी पनि त्यही बाटाेमा छाैं जुन शिक्षाले राेजगारीदेखि उद्यमसम्म बन्न बलियाे आधार तयार गरिरहेकाे छाैं । हाम्राे जाेड पनि त्यसैमा हाे । विद्यार्थी र अभिभावककाे चासाे पनि ।

हामी विद्यार्थी र अभिभावककाे लागि उज्जवल भविष्यसहित बिएससी (सिएसआइटी), बिआइटी, बिसिएस, नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी जस्ता विषयहरु अध्यापन गराइरहेकाेले हाम्राे मुख्य ध्यान पनि यसै विषयमा  छ।

yesनिजी कलेजलाई विद्यार्थी विदेश पढाउने कारखानकाे आराेप पनि लाग्छ नि ?

पहिलाे कुराे त पढ्नु भनेकाे बेराेजगार उत्पादन गर्नु भन्ने हाेइन् । हाेला, कतिपय बेराेजगार हुनुहुन्छ त्यसैले नै त हामीले माथि उल्लेख गरेका राेजगारमूलक शिक्षामा जाेड दिएका छाैं । अर्काे कुरा निजी कलेजले मात्र पढाउँदैनन् त्यसाे हाे भने शैक्षिक बेराेजगार उत्पादन गर्नमा त झन् सरकारी र सामुदायिक कलेज पहिलाे नम्बरमा पर्छन् नि हाेइन र ? हामी त अहिले शिक्षालाई राेजगारसँग जाेड्न लागिपरेका छाैं नि । 

विदेश जानेलाई रोक्न यो ग्याप परिपूर्तिका लागि टेक्सासले सानो प्रयास गरिरहेको छ। टेक्सासले विद्यार्थीलाई अहिलेको टेक्नोलोजी र जनशक्तिको मागबारे राम्रोसँग जानकारी दिइरहेको छ। साथै उनीहरूलाई कसरी पढ्ने र जागिर पाउने भनेर समेत परामर्श दिइरहेका छौं। विद्यार्थीलाई नेपालको जनशक्ति मागबारे परामर्श गरेमा विदेश जान रोक्न सकिन्छ। 

yesटेक्सास कलेजमा नै  विद्यार्थी आउनुपर्ने बलियाे पक्षचाहिँ के हाे ?

हाम्राे कलेजकाे पहिलाे सकारात्मक कुरा भनेकाे  विद्यार्थीमैत्री वातावरण छ । व्यवहारिक ज्ञानदेखि प्राक्टिकल तथा राेजगारकाे लागि हामी आफै पनि सहजीकरण गर्दछाैं भने हाम्रै आफ्नै पनि कम्पनीहरू छन् जहाँ हामी उनीहरूकाे लागि प्राथमिकताकासाथ कामकाे लागि सिक्ने अवसर दिइरहेकाे छाैं । 

त्यसैगरि, हामीसँग अनुभवी, स्थायी र कुनै न कुनै कर्पाेरेट हाउसमा उपल्लाे दर्जामा रहेर काम गरिरहेका शिक्षक शिक्षिका हुनुहुन्छ । उहाँहरूकाे अनुभव पनि विद्यार्थीहरुका लागि उपयाेगी हुन सक्छन् । 

हाम्राे कलेजमा आबद्ध भएका विद्यार्थीहरुले विषय शिक्षकका साथसाथै विभिन्न संस्थामा आबद्ध प्राध्यापक तथा ख्यातिप्राप्त विद्वाहरुसँग पनि आफ्ना विचारहरुको आदानप्रदान गर्ने विभिन्न अवसरहरु उपलब्ध गराइरहेको छ । विषय अनुसार कलेजले इनहाउस कम्पनीमा विद्यार्थीहरुलाइ इन्टर्न साथै जब प्लेसमेन्टको व्यवस्था मिलाएको छ ।

प्रविधिमैत्री पठनपाठनमा विषेश जोड दिँदै आएको यस कलेजले सबै विषयमा आधुनिक पद्दति अपनाइ व्यावहारिक शैलीमा व्यावहारिक पठनपाठन गराइरहेको छ ।

मार्केटमा जति पनि जब पाइन्छ तर विद्यार्थीले जागिर पाउँदै । हामी मार्केटले जे माग गरेकाे छ हामीले त्याे कुरा विद्यार्थीलाइ सिकाउन सकेनाैं । त्यसकारण हामीले मार्केटमा के माग छ र केसरी उनीहरूकाे प्रतिस्पर्धी क्षमताकाे विकास गर्ने भन्नेमा नै हाम्राे जाेड रहेकाे छ । 

yesतर बजारमा सीपमूलक वा दक्ष जनशक्तिकाे अभाव छ यता हजाराैं शिक्षित र दीक्षित विद्यार्थीहरु बेराेजगार छन् नि ?

कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगी शिक्षा हासिल गरेका छन् । यस कलेजबाट उत्तीर्ण विद्यार्थीहरु नेपाल तथा विदेशका ख्यातिप्राप्त आइटी कम्पनीहरुमा कार्यरत छन् । नियमित पाठ्यक्रमका साथसाथै कलेजले व्यावसायिक पाठ्यक्रम पनि दैनिक रूपमा रुपमा प्रदान गराइरहेको छ जसले गर्दा इन्डस्ट्री र एकेडेमी बिचको खाडलाई चिर्न सफल भएको छ ।

कलेजले मुलुकका लागि व्यवस्थापन क्षेत्रमा नेतृत्व दिन सक्ने जनशक्ति उत्पादनका लागि अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढिरहेको कलेजले व्यवस्थापनमा बजार लक्षित जीवन उपयोगी शिक्षलाई विशेष जोड दिएको छ । यस कलेजबाट उत्पादित विद्यार्थीहरु नेपालका ख्याति प्राप्त बैंक, वित्तीय संस्था तथा सरकारी सेवामा नेतृत्वदायी भूमिकामा पनि रहेका छन् । त्यसैले त हामी टेक्सास कलेजमा तपाइँकाे भविष्य उज्जवल छ भनेर भनिरहेकाे छाैं नि । भन्नका लागि मात्र हाेइन हाम्राे विगतकाे इतिहास हेर्दा देखिने कुरा हाे नि याे त । अर्को कुरा यहाँ अध्ययन गरेर गएका विद्यार्थी बेरोजगार बस्‍नु परेको छैन। 

yesविद्यार्थीकाे आाकर्षण चाहिँ कतातिर देखिँदैछ पछिल्ला वर्षहरूमा ?

पछिल्लो समयमा नेपालमा ब्याचलर्स अफ सोसल वर्क (बिएसडब्लु) को माग बढेको छ। कोर्स बढी प्रयोगात्मक र एनजिओ–आइएनजिओमा जागिरको ठूलो अवसर हुने र त्यहाँ राम्रो तलब पाइने भएका कारण पनि बिएसडब्लुमा विद्यार्थी तानिएका हुन्। 

त्यस्तै, पछिल्लो समयमा आइटीमा आकर्षण झनै बढ्दै गइरहेको छ। कलेजले पनि विशेषगरी आइटीमा फोकस गरेको छ। बिसिएस सिएसआइटी, बिआइटी, बिसिएसमा पनि उत्तिकै चासाे छ । 

yesएउटा कलेजकाे व्यवस्थापक वा शिक्षक कतिबेला सन्तुष्ट वा खुशी हुँदाेरहेछ ?

खुशी हुने कुरा साना-साना हुन्छन् । सर्वप्रथम त हामी शैक्षिक क्षेत्रमा लाग्नेहरू आफूले जानेका सिकेका कुरा बाँड्न पाउँनु ठूलाे कुरा हाे । त्यसपछि उनीहरूकाे सफल नतिजा र त्याे भन्दा पनि हाम्राे कलेजकाे छात्रछात्राले कुनै न कुनै क्षेत्रबाट कुनै कम्पनीमा राम्राे राेजगार पाउनु, उद्यम गर्नु, वा समाजकाे लागि केही न केही सकारात्मक कुराहरूमार्फत सहयोग गरेको क्षण सञ्चालक, व्यवस्थापक वा शिक्षक खुशी हुँदोरहेछ । जब विद्यार्थीको सफलताको खबर सन्न पाइन्छ देख्न पाइन्छ त्यही नै त हो एउटा शिक्षक वा सञ्चालकले सन्तोष र खुशी हुने ठाउँ । यो अवसर हामीलाई निरन्तर प्राप्त भइरहेको छ । यसको संख्या मात्र होइन अझ समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउने बाटोमा हामी अग्रसर छौं । त्यसैले देश बन्न सर्वप्रथम शैक्षिक सुधार र राष्ट्रप्रेम नै चाहिनेरहेछ ।  

त्यसैले अब हामीले समयअनुसार विद्यार्थी तथा अभिभावककाे माग अनुसार शिक्षामा जाेड दिनुपर्दछ । साथै हामी हाम्रा भूतपूर्व विद्यार्थीसँग पनि विभिन्न माध्यमबाट जाेडरहेका छाैं । छलफल तथा अन्तरक्रिया गर्छाैं । जसबाट बजारमा कस्ताे शिक्षाकाे माग छ । राेजगारका लागि वा कम्पनी, उद्यमशिलताकाे लागि के-के चाहिने रहेछ भन्ने कुरा पनि थाहा हुन्छ र हामी उहाँहरूसँग समन्वय गरेर अझ बढी परिस्कृत शिक्षामा जाेड दिइरहेका छाैं । 

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत