गाउँ सहर

यस्ता सपना देखे अशुभ फल प्राप्त हुन्छ

काठमाडाैं । हामीले दैनिकजसो केही न केही सपना देखिरहेका हुन्छौ । अनि ब्युझेपछि त्यसको बारेमा सोच्छौं । कतिपयलाई सपनाको कुरा विश्वास लाग्ला त कतिलाई नलाग्ला तर धर्मशास्त्रहरुले सपनालाई एउटा अद्भुत फलका रुपमा ब्याख्या गरेका छन् । 

  • घर : घर लडेको देखे गृहस्थी जीवन तहसनहस हुन्छ।
  • दाँत : दाँत झरेको वा भाँचिएको सपना देखे दुख र झन्झट आइलाग्छ।
  • भोक : आफु भोको भएको देखे विपत्ति आउँछ।
  • आँखा : आँखा फुटेको देखे परिवारमा नोक्सानी हुने सम्भावना हुन्छ।
  • कपाल : कपाल देख्नु अशुभ हुन्छ। युद्ध, मुद्दा मामिलामा पराजय हुन्छ। कपाल झरेको देखे ॠण पनि लग्न सक्छ।
  • आकश : रातो रङ्गको आकाश देखे कष्ट, दुस्ख, भय उत्पन्न हुन्छ।
  • आकाश : आकाशमा आँधी, तुफान, धुलो देखिए देशमा लडाई वा प्राकृतिक विपत्ति आउन सक्छ। आकाशबाट झरेको देखिए सामाजिक आपमान हुने वा समाजबाट आपहेलना वा निष्काशित हुन सक्ने सम्भावना हुन्छ।
  • अन्धकार : अन्धकार वा अँध्यारो गुफा देखे रोग लाग्ने डर हुन्छ।
  • चिता : दन्किएको चिता देख्नु अशुभ मानिन्छ।
तपाईँको मत