पूर्वाधार

लायन्स क्लब बौद्ध र टेक्सास कलेजको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

  • २५ फाल्गुण शनिबार, २०७५ | २१:४७:०० मा प्रकाशित

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं बौद्ध र टेक्सास इन्टरनेसनल कलेज मित्रपार्कको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ५७ यूनिट रगत संकलन भएके छ । 

शुक्रबार मित्रपार्कस्थित टेक्सास कलेजको प्राङ्गणमा भएको  बृहत रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण शिविर कार्यक्रममा ५७ जनाले रक्तदान गरेका हुन् । 

‘रक्तदान जीवनदान’ भन्ने मूल नारालाई सार्थक बनाउन तथा रगत अभावका कारण विरामीहरुको अकाल मृत्यु नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं बौद्धका अध्यक्ष युवराज सापकोटाले बताए । 

 टेक्सास इनटरनेशनल एजुकेशन नेटवर्कका प्रमुख भेषराज पोखरलका अनुसार ९७ जनाको दाँत परिक्षण र ५७ जनाले आँखा जचाएका छन् । 
यस्ता क्रियाकलापले विद्यार्थीमा सामाजिक भावना तथा क्रियाकलापमा संलग्न हुन प्रेरित गर्ने उनले बताए । 

हरेक वर्ष कलेजले विभिन्न सामाजिक उत्तरदायित्वका विभिन्न क्रियाकलाप गरिरहने र यसपटक पनि सोहि अनुसार लायन्स क्लब बौद्धसँगको सहकार्यमा रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर गरिएको बताए । 

कार्यक्रममा उल्लेख्य सहभागिता भएको टेक्सास इन्टरनेसनल कलेजका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले बताए । उनले  भने  रक्तदानमा कलेजका विद्यार्थीहरुले उत्साजनक सहभागित जनाए । अझ धेरै विद्यार्थीले रगत दिने इच्छा जाहेर गरेपनि स्वास्थ्य जाँच क्रममा विभिन्न प्राविधिक कुराले उनीहरुको रगत लिन मिलने नत्र अझ रामै मात्रामा रगत संकलन हुने थियो । 

लायन्स क्लब अफ काठमाडौं बौद्धका कोषाध्यक्ष उद्धव सापकोटाले क्लबको नियमित कार्यक्रम अन्तर्गत भएको रक्तदान र स्वास्थ्य शिविरले केही मात्रामा भएपनि रगत अभावलाई कम गर्ने विश्वास व्यक्त गरे । यस्ता क्रियाकलाप निरन्तर रहने पनि उनले बताए । 

शिविरमा टेक्सास कलेजका विद्यार्थी, क्लबका पदाधिकारी तथा सर्वसाधारणले रक्तदान गरेका थिए ।

तस्बिर : गाउँ सहर ।

तपाईँको मत