प्रेरणा

लायन्स क्लब बौद्ध र टेक्सास कलेजको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं बौद्ध र टेक्सास इन्टरनेसनल कलेज मित्रपार्कको संयुक्त आयोजनामा शुक्रबार बृहत रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण शिविर कार्यक्रमको आयोजना गरिने भएको छ । 

मित्रपार्कस्थित टेक्सास कलेजको प्राङ्गणमा कार्यक्रम विहान ८ बजेदेखि शुरु गरिने भएको हाे । 

‘रक्तदान जीवनदान’ भन्ने मूल नारालाई सार्थक बनाउन तथा रगत अभावका कारण विरामीहरुको अकाल मृत्यु नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएकाे लायन्स क्लब अफ काठमाडाैं बौद्धका अध्यक्ष युवराज सापकोटाले बताए । 

हरेक वर्ष कलेजले विभिन्न सामाजिक उत्तरदायित्वमाका विभिन्न क्रियाकलाप अन्तर्गत यसपटक पनि लायन्स क्लब बौद्धसँगको सहकार्यमा रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर गर्न लागिएको टेक्सास इनटरनेशनल एजुकेशन नेटवर्कका प्रमुख भेषराज पोखरलेले बताए । 

कार्यक्रममा रक्तदान बाहेक निशुल्क दाँत तथा आँखा परीक्षण पनि गरिने टेक्सास इन्टरनेसनल कलेजका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले बताए । उनले  भने ‘यस कार्यक्रममा कलेजका विद्यार्थीहरुलाई पनि सहभागी गराउने र रक्तदान गर्नु भनेको कसैको ज्यान बच्नु हो भन्ने सामाजिक भावना विद्यार्थीलाई पनि महसुस होस् भन्ने हो ।’ 

आगामी वर्ष पनि यस्ता क्रियाकलाप निरन्तर रहने पनि उनले बताए । 

गाउँ सहर संवाददाता

तपाईँको मत