राजनीति

सातै प्रदेशमा तरुण दलले सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले सातवटै प्रदेशमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै दलले सो कुराको जानकारी गराएको हो ।

महासचिव भूपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तिमा सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, निर्मला पन्तको हत्याकाण्ड, वाइडबडी जस्ता मुद्धामा गैरकानूनी र अलोकतान्त्रिक रवैया विरुद्धमा विरोध प्रदर्शन गर्न लागेको बताइएको छ ।

विज्ञप्तिमा प्रदेश १ को विराटनगरमा माघ ८ गते, प्रदेश २ को जनकपुरमा माघ ९ गते, प्रदेश ३ को हेटौँडामा १० गते विरोध गर्ने बताइएको छ । त्यस्तै गण्डकी प्रदेशको पोखरामा ११ गते, प्रदेश ५ को भैरहवामा १२ गते, कर्णली प्रदेको सुर्खेतमा १३ र सुदूरपश्चिम प्रदेशको धनगढीमा १४ गते विरोध गर्ने बताइएको छ ।

यसअघि पनि तरुण दलले विरोधका कार्यक्रमहरु गरिरहेको महासचिव शाहीले गाउँ सहर डटकमलाई बताए । उनले भने, ‘सरकार कामभन्दा भाषणको ललिपप र निरंकुशता जनतामा लादीरहेकाे छ । कानुनी राज्यकाे उपहास गर्दै हिँडेकाे छ, भ्रष्टचारीकाे पृष्ठपाेषणमा जुटेकाे छ । यसैको सुधारको लागि विरोध कार्यक्रममा सबैलाई निमन्त्रणा गर्छु ।’

हेर्नुहाेस विज्ञप्ति

तपाईँको मत