राजनीति

फुट्यो ‘विवेकशील साझा’ पार्टी, बन्यो ‘विवेकशील नेपाली दल’

  • २७ पौष शुक्रबार, २०७५ | १७:५६:०० मा प्रकाशित

काठमाडौं  । विवेकशील साझा पार्टी फुटेको छ। रविन्द्र मिश्र र उज्जल थापा नेतृत्वको पार्टी अलग भएको हो ।  

पछिल्लो समय विवादमा रहेको सो पार्टी  रविन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अगाडि बढाएको, आफू निकटका व्यक्तिहरुलाई नियुक्ती गरेकोप्रति उज्जल थापा समूह असन्तुष्ट रहेको थियो।

संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । शुक्रबार पार्टीका १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । थापा नेतृत्वको  विवेकशील नेपाली दल र मिश्र नेतृत्वको साझा पार्टीबीच २०७४ साउन ११ गते एकता भएको थियो।

पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ । डेढ वर्षमा नै विवेकशील पक्ष पुरानै पार्टी ब्यूाताउन लागेका हुन् । 

प्रदेश तीनको प्रदेश संसदमा भने पार्टीका तर्फबाट सांसद छन्।

तपाईँको मत