समाज

ज्योति विकास बैंकका ग्राहक तथा कर्मचारीलाई ओम अस्पतालमा छुट

काठमाडाैं । ज्योति विकास बैंक लि. र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.बीच सहकार्य सम्झौता भएको छ ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।  

सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सन्चालक बाबु काजी कार्कीले हस्ताक्षर गरे ।

यस बैंकका ग्राहकहरुले बैंकको ATM Card देखाई र बैंकका कर्मचारीहरुले बैंकको Identity Card  देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।

हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फ त सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु १८.८० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।  

बैंकको हालको चुक्तापूँजी रु २ अर्व ५९ करोड कायम रहेको छ । यस बैंकले हाम्रो विकास बैंकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।  

तपाईँको मत