गाउँ सहर

फरार अपराधी पक्राउ

  • २५ मङ्सिर मंगलबार, २०७५ | १९:४४:०० मा प्रकाशित

दोलखा । दोलखा प्रहरीले विगत नौ वर्षदेखि ज्यान मार्ने उद्योगमा फरार रहेका एक अपराधीलाई पक्राउ गरेको छ । 

जिल्ला अदालत दोलखाले २०६६ सालमा तीन वर्ष ११ महीना १४ दिन कैद सजाय तोकिएकामा हालसम्म फरार रहेका ३६ वर्षीय मनोजकुमार जिरेललाई पक्राउ गरिएको हो । जिरी नगरपालिका–४ स्थायी घर भएका जिरेललाई आज घर नजीकैबाट इलाका प्रहरी कार्यालय जिरीको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेका जिरेललाई आज नै अदालत दाखिला गराई कैद भुक्तानका लागि कारागार पठाइएको छ । प्रहरीले यहाँ विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका ३१ जना अपराधीलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागी जिल्ला अदालतमा बुझाएको छ । तीमध्ये हालसम्म थोरैमा रु २५ देखि धेरैमा रु सात हजार जरिवाना तोकिएको र थोरैमा २५ दिनदेखि धेरैमा ४ वर्षसम्म कैद सजाय तोकिएका अपराधी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  रासस

तपाईँको मत