शिक्षा

पूर्व सहायक डिन स्व. कोइरालाको दोस्रो स्मृति सभा सम्पन्न

काठमाडौँ । त्रिविका सह प्राध्यापक तथा पूर्व सहायक डिन स्व. अशोक कुमार कोइरालाको स्मृतिमा ‘अशोक कुमार कोइराला स्मृति समाज’ ले अाज स्मृति सभा तथा पुरस्कार एवम् प्रमाणपत्र वितरण कार्यक्रम गरेकाे छ । 

त्रिचन्द्र क्याम्पसमा भएकाे कार्यक्रममा त्रिविका पूर्व उपकुलपति नविन प्रकाश जङ्ग शाहको प्रमुख अतिथि रहेकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि र समाजका अध्यक्ष डा. रमेश कुमार जाेशीले काेइराला स्मृति पुरस्कारबाट दुईजना, मञ्जिल पाेखरेल र शुभेक्षा पाैडेललाई रू १,१,१११/- राशीकाे पुरस्कार र प्रमाणपत्र बाट सम्मान गरिएकाे थियाे । 

कार्यक्रममा सम्पूर्ण प्राध्यापक, कर्मचारी र शुभचिन्तकहरुकाे उपस्थिती थियाे ।  कार्यक्रमकाे सञ्चालन उप-प्राध्यापक टिका कैनीले गरेका थिए ।

स्व. कोइरालाकाे ०७३ मंसिर २० गते निधन भएको थियो । उनी पूर्व सहायक क्याम्पस प्रमुख त्रिचन्द्र र क्याम्पस प्रमुख अस्कल साथै प्रजातन्त्रवादी प्राध्यापकको प्रथम उपाध्यक्ष समेत हुन् । 

तपाईँको मत