जीवनशैली

बच्चाको कान सुरक्षित तरिकाले यसरी सफा गर्नुहाेस्

काठमाडाैँ । कान महत्वपूर्ण अंग हाे । फेरी बच्चाकाे केशमा त याे झनै महत्वपूर्ण हुन्छ । साना बच्चाकाे हकमा सबैभन्दा मुश्किल काम उसको कान सफा गर्नु हुन्छ । कान सफा गर्नाले न की कानको फोहोर निस्किन्छ बरु डेड सेल्स पनि निस्किन्छ । कानमा बस्नेबाला वैक्स एक साधारण पदर्था हुन्छ जो सबै मानिसहरुको कानबाट निस्किनछ, यो कुनै प्रकारले संक्रमण हुँदैन र न त यसले बचचालाई सुन्ने क्षमतामा असर पर्न सक्छ । तर, यदि तपाईको बच्चाको कानमा धेरै बढी वैक्स निस्कियो भने डाक्टरसँग सल्लाह अवश्य लिन नभुल्नुहाेला । 

सानो बच्चाको कान सफा गर्दाको समयमा केयौँ कुराहरुलाई ध्यानमा राख्नु आवश्यक हुन्छ । बच्चाहरुको कान सफा गर्नको लागि क्यू टिप्सको प्रयोग कहिल्यै नगर्नुहोस् । बच्चाको कानमा कुनै पनि नुकिला चीज नछिराउनुस् नत्र चोट वा घाउ हुने खतरा हुन सक्छ । बच्चाको कानलाई सँधै सही तरिकाले मात्र सफा गर्नुहोस् । ज्यादै सावधानी अपनाएर र ध्यान दिएर मात्र सफाइ गरेकाे राम्राे । यसकारण बच्चाको कानलाई सुरक्षित रुपले सफा गर्नकाे लागि निम्न कुरा ख्याल गर्न नभुल्नुहाेला ।

  1. नुहाउँदाको समयमा सफा गर्नुहोस्- बच्चाको कानलाई सफा गर्नुलाई सबैभन्दा राम्रो समय उसलाई नुहाउनुभन्दा पहिले हुन्छ । मालिशपछि तपाईंको बच्चाको कानलाई सावधानीपूर्वक सफा गर्नुहोस् । जब तपाईं आफनो बच्चालाई नुहाइरहनुभएको हुन्छ तब उसको कानहरुमा तातो कपडाले पुछिदिनुहोस् । यस्तो नियमित रुपले गर्नुपर्छ । यस्तो गर्नाले तपाईंको बच्चालाई कान सफा रहन्छ, वैक्स निस्किहाल्छ र फोहोर जम्न पाउँदैन ।
  2. कटन स्वैबस न छिराउनुहोस्- बच्चाको कानलाई सदैव बेबी इयर बडले सफा गर्नुस् । ज्यादै गहिराइसम्म बड नछिराउनुहोस नत्र कानको पर्दामा चोट पुग्ने डर हुन्छ ।
  3. इअर ड्रप- कहिलेकाहीँ बच्चाहरुको कानलाई सफा गरेर पनि कुरा हुँदैन । यस्तोमा डाक्टरी सल्लाह लिएर कुनै डप पनि हाल्न सकिन्छ । यदि बच्चाको कानमा ज्यादै मात्रामा वैक्स बनिसकेको छ भने डाक्टरलाई अवश्य देखाउनुहोस् ।
  4. घरेलु औषधीहरको प्रयोग नगर्नुस्- बच्चाहरूको कान सफा गर्ने समयमा कयौँपटक मानिसहरुले घरेलु तरिकाहरुको प्रयोग गर्छन् । कानमा केही चीज राख्नुहोस् । इयर बडले मात्र सफा गर्नुस् र फालतुको डप या अन्य तरल पदार्थ नराख्नुहोस् । बच्चाको कान कलिलो हुन्छ र तयसलाई इन्फेक्सनको खतरा हुन सक्छ ।
  5. सावधान रहनुस्- बच्चा चंचल हुन्छन, यस्तोमा उ तपाईंको कान सफा गर्ने समयमा गाहृो बनाउन सक्छ । यसैले कान सफा गर्ने समयमा उसलाई कँसेर समात्नुस र सावधान रहनुस् । नत्र बच्चाको अलिकति हल्लीनाले उसलाई उसलाई चोट पुग्न सक्छ ।
  6. ड्राइ भएपछि सफा नगर्नुस्- जब बच्चाहरुको कान रुखो हुनछ तब उसलाई सफा गर्ने कोशिष नगर्नुस् । यसले छालामा खिचाव आउन सक्छ । बच्चालाई नुहाइसकेछि पनि सफा गर्नु सबैभन्दा राम्रो हुन्छ । चिकित्सककाे सहयाेगमा
तपाईँको मत