कला

आगामी सोमबारदेखि नेपाल–अफ्रिका चलचित्र महोत्सव

  • ३ मङ्सिर सोमबार, २०७५ | १३:५५:०० मा प्रकाशित

काठमाडौँ । आगामी सोमबारदेखि ‘सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ हुने भएको छ । 

राजधानी बासीले फेरि पनि अफ्रिकन फिल्ममा रमाउने  अवसर पाउने भएका छन् ।सातौं  नेपाल-अफ्रिका चलचित्र महोत्सवमार्फत उक्त  सो अवसर मिल्न लागेको हो ।

नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदानका गर्नुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको छ । 

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन (सिजेएमसी)ले उक्त चलचित्र महोत्सव गर्न लागेको हो । 

कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा दुई दिनसम्म हुने महोत्सवमा सामाजिक विषयमा आधारित विभिन्न ११ वटा चलचित्र प्रदर्शनी गरिने महोत्सवका निर्देशक डा मञ्जु मिश्रले जानकारी दिइन् । 

डा. मिश्रले भनिन्- 'महोत्सवले नेपाल र अफ्रिका महादेशबीचको सम्बन्ध र मित्रता बढाउन सेतुको काम गर्नेछ भने अफ्रिकाको कला, संस्कृति, जीवनशैलीबारे जान्ने अवसर तथा सूचना र प्रविधिक कारण अफ्रिकन जीवनशैलीबारे चलचित्रमार्फत् हामीले हेर्ने र बुझ्ने मौका पनि हो ।'

महोत्सवमा चलचित्र विदेशी चलचित्र निर्देशकसमेत उपस्थित रहनेछन् । महोत्सवमा इजिप्टको ‘नासिर ५६’, स्वीजरल्याण्डको ‘लाइफ इन प्रोगेस’, स्वीडेनको ‘नाडिया डाइवर्ग’ र ‘फुटबोल डोक्र्टन’, अमेरिकाको ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाको ‘कल मि थिफ’ र नेपालबाट मनोज पण्डित निर्देशित चलचित्र छायालगायतको प्रदर्शन गरिनेछ । 

 

तपाईँको मत