जीवनशैली

यसकारण जाडोमा 'ब्ल्याक टी' नै खानुहोस्

जाडो मौसम शुरु भइसकेको छ । शरिरलाई न्यानो बनाउन हाम्रो पहिलो रोजाई चिया नै पर्दछ । कोही भेट्यो चिया खाऔं, कुराको शुरुवात नै चियाबाट हुन्छ । कलेज पढ्ने विद्यार्थीदेखि सडकमा काम गर्ने श्रमिकसमेत सहर बजारको चोक-चोकमा आजकाल बिहानै चियाको चुस्की लिइरहेका हुन्छन् । 

चिया भन्नासाथ यसकार विभिन्न प्रकार छन् । दुध नहालेका फिक्का अर्थात ब्ल्याक टी, दुध चिया, कागती हालेको लेमन टी, पछिल्लो समय फेसन जस्तै भएका ग्रीन टी पिउने गरिन्छन् । हामीले चर्चा गर्न लागेको ब्ल्याक टी किन स्वास्थ्यको लागि उपयुक्त छ भन्नेबारे हो ।

ब्ल्याक टी सेवन गर्नाले शरीरलाई उर्जा प्रदान गर्दछ भने बिहानको समयमा निद्रा खुलाउन समेत मद्दत गर्दछ । दुध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसले ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने गर्दछ ।

यसकारण पिउनुहोस् ब्ल्याक टी :-
पाचन तन्त्र सन्तुलित राख्छ : 
ब्ल्याक टी मा पाईने टेनिन, आन्द्रा र ग्यास्ट्रिक समस्याहरूलाई टाढा राख्छ । केवल दिनभरिमा एक कप चियाको सेवन गर्दा पाचन तन्त्रमा सुधार आउँछ । यसमा पाइने विभिन्न रसायनहरुले पाचन प्रणालीमा सकारात्मक असर गर्छन् । यसले पाचनप्रणालीमा भएका समस्या हटाउँन मद्दत गर्छन् ।

मस्तिष्क स्वास्थ्यमा सुधार : ब्ल्याक टी मा अमीनो एसिड एल-थेनीन हुन्छ, जसले एकाग्रता ल्याउन मद्दत गर्छ । मानसिक सतर्कतामा सुधार गर्छ र स्मरण शक्ति बढाउँछ । यसले तनावको स्तर पनि कम गर्छ र तपाईलाई आराम गर्न मद्दत गर्छ ।

मुटु जोगाउँछ : ब्ल्याक टी मा एन्टीअक्सीडेन्ट हुन्छ, जसले रगतको थक्कालाई कम गर्न मद्दत गर्छ । खराब कोलेस्ट्रोलको स्तर कम गर्न र धमनीको कामकाजमा वृद्धि गर्छ । यसमा मैंगनीज र पोलीफेनोल पनि समावेश हुन्छ, जो कार्डियक मांसपेशीको लागि राम्रो हुन्छ ।मुटु रोगीहरुले नियमित रुपमा कालो चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउनमद्दत गर्छ । यसले गर्दा कालो चिया सेवन गर्नेहरुमा कार्डियोभास्कुलर डिजिज लाग्ने सम्भावना कम हुन्छ । अमेरिकन हर्ट एशोसियसनले गरेको अनुसन्धानमा जसले नियमित रुपमा कालो चिया सेवनगर्छ, उसमा खराब कोलेस्टेरोल घटेको पाइएको थियो । यो खराब कोलेस्टेरोल हृदयाघातकोमुख्य कारण मानिन्छ ।

त्वचाको संक्रमणलाई रोक्छ : विभिन्न भिटामिन्स र खनिजहरूले भरिपूर्ण ब्ल्याक टी ले त्वचालाई पोषण प्रदान गर्छ । यसले कालो दाग-धब्बालाई कम गर्छ, त्वचालाई संक्रमणबाट बचाउँछ, बढ्दो उमेर समस्यालाई रोक्छ । आँखाको तल चियाको थैली राख्दा पनि कालो घेरा र सूजन कम हुन्छ ।

क्यान्सर रोक्छ :ब्ल्याक टी मा पाईने एन्टी-अक्सीडेन्ट र पोलीफेनोल्स, क्यान्सर हुनसक्ने आशंकालाई रोक्छ र शरीरको फोक्सो, डिम्बग्रन्थी र मूत्राशयको क्यान्सरबाट बचाउँछ । साथै यस चियामा रहेको टिएफ-२ ले क्यान्सर कोशिकालाई नष्ट गर्छ । यसले ओरल क्यान्सरको खतरालाई पनि कम गर्छ ।

कपाल झर्ने समस्यालाई रोक्छ : ब्ल्याक टी मा पाईने एन्टीअक्सीडेन्ट र केफिन कपालमा डीएचटी हार्मोनलाई कम गर्छ । ब्ल्याक टी को नियमित खपतले कपालको गुणमा सुधार ल्याउँछ । कपाल मजबूत र क्षति मुक्त बनाउँछ । यसले कपाल झर्ने समस्यालाई कम गर्छ ।

वजन कम गर्छ : यदि अतिरिक्त वजन घटाउन चाहनुहुन्छ भने ब्ल्याक टि को सेवन गर्नुहोस् । यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ, जसले वजन कम गर्न मद्दत गर्छ । जबकि ब्ल्याक टी ले कयौँ स्वास्थ्य लाभ प्रदान गर्छ । यसको सेवन एक सामान्य मात्रा सम्म सिमित गर्नुपर्दछ । लगभग दिनमा २-३ कप भन्दा बढी सेवन गर्नु हुँदैन ।

उर्जावान राख्छ : ब्ल्याक टी मा केफिन हुन्छ, जसले तपाईको दक्षता बढाउँछ र दिनभर सक्रिय राख्छ । 

डाइरिया रोक्छ : कालो चियामा भएको क्षारीय गुणका कारण पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ ।त्यसैले डाइरियापीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ ।
दम : तातो झोलपदार्थले प्रायजसो दमका रोगीहरुलाई आराम दिन्छ । यसले दमका रोगीहरुलाई श्वासप्रश्वास राम्रोसँग गर्न सहयोग गर्छ ।

स्तन क्यान्सर हुन दिँदैंन : ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरेपनि त्यसले स्तन क्यान्सर हुनबाट बचाउँछ । चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ । यस्तै, कालोचियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ ।

तपाईँको मत