कला

पौड्यालको  “सगरसम्म लम्क” बजारमा (भिडियो सहित)

  • २५ कार्तिक आइतबार, २०७५ | १६:२६:०० मा प्रकाशित

काठमाडौँ । साहित्यकार एवं गीतकार महेश पौड्यालले गीतमार्फत् घर छोडेर हिँडेका सन्तानलाई घर फर्कन अपिल गरेका छन् ।

आइतबार हाइलाइट्स नेपालमार्फत भिडियो सहित सार्वजनिक गरिएको बाआमाको दृष्टिविन्दुबाट लेखिएको गितबाट घर छोडेर हिँडेका सन्तानलाई घर फर्कन अपिल गरेका हुन् । 

गीतमा सहर पसेर घर बिर्सने सन्तानलाई घरको तथा उमेर ढल्कँदैगरेका बाआमाको याद आउँछ कि आउँदैन भनेर प्रश्न गरिएको छ ।

गीतमा बम्बईमा रहेर सङ्गीत कर्म गरिरहेका सङ्गीतकर्मी दिनेश पौड्यालको सङ्गीत रहेको छ भने आवाज चिरपरिचित युवा गायक सुरेश लामाको हो । देवेन्द्र नेवाले सङ्गीत संयोजन गरेको यस गीतको भिडियोलाई अनिल खतिवडाले निर्देशन गरेका हुन् ।

बिक्रम सापकोटाको मुख्य अभिनय रहेको यस भिडियोमा बिक्रम सापकोटाका अतिरिक्त भुवनजङ काफ्ले, निरज दाहाल, रोजिना बानिया, रमा अधिकारी, अनिल खतिवडा, गणेशप्रसाद जोशी, लक्ष्मी श्रेष्ठ, ठाकुर अधिकारी र महेश पौड्यालले अभिनय गरेका छन् । छायाङ्कन राजाराम गिरी तथा ठाकुर अधिकारीले गरेका हुन् ।

यस गीत र भिडियोका निर्माता प्रेम सापकोटा हुन् ।  

तपाईँको मत