सेवा

खाडादेवी गाउँपालिकामा जेष्ठ नागरिकहरुलाई सम्मान

  • २८ असोज आइतबार, २०७५ | १९:५२:०० मा प्रकाशित

रामेछाप । रामेछापको खाडादेवी गाउँपालिका वडा नम्बर ६ माकादुमका ८० वर्ष कटेका जेष्ट नागरिकहरुलाई आज एक कार्यक्रमबीच गाउँपालिकाको कार्यालयमा सम्मान गरिएको छ । 

समाजसेवी एवम् व्यापारी सुनापति गाउँपालिका वडा नम्बर ६ खनियापानी निवासी चन्द्र मानन्धरले दशँै तिहारको उपलक्ष्यमा बृद्ध बुबा आमालाई सम्मान गर्नु पर्दछ भन्ने भावना सबैलाई जागोस भन्ने अभिलाशाको साथ दोसल्ला ओढाएर सम्मान गरेका हुन् । 

कार्यक्रममा  न्यानो एकजोर कपडा समेत प्रदान गरिएको थियो । मानन्धरले यस अघि पनि सुनापति गाउँपालिकाको खनियापानी, हिलेदेवी , बेथानका जेष्ट नागरिकहरुलाई सम्मान गर्नका साथै कपडा हस्तान्तरण गरिसकेका छन् । 

खाडादेबि गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पुस्कर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का र सुनापति गाउँपालिका प्रमुख प्रेम बहादुर तमाङले व्यक्तिले सुरुवात गरेको जेष्ठ नागरिक सम्मानको कामको सिको अब जनप्रतिनिधिले सिक्नु प्रर्ने बताए । प्रमुख खड्काले मानन्धरलाइ जेष्ठ नागरिकलाई सम्मान गरेर आफुहरुलाई समेत समाज सेवामा काम गर्ने उर्जा मिलेको भन्दै उनको प्रशंसा समेत गरे । 

कार्यक्रममा सामाजिक संघ संस्था र माकादुमबासीको सहभागिता रहेको थियो ।
 

तपाईँको मत