गाउँ सहर

यात्राको क्रममा वान्ता हुन्छ भने अपनाउनुहोस् यी उपाय, जसले तपाईँको दशैं यात्रा सहज हुनेछ

काठमाडौं । यतिबेला दशैंको माहोल छ । दशैंमा गाउँ घर फर्कनेको भीड छ । तर कतिपयलाई भने यात्रा गर्दा वान्ता हुने समस्याले कसरी घर जाने भन्ने तनावमा हुन्छन् । लामो यात्रा गर्दा टाउको दुख्ने ,रिगंटा लाग्ने र वान्ता हुने व्यक्ति यात्रा गर्ने भन्ने वित्तिकै तर्सन्छन् । यात्रामा हुने बिरामीलाई मोसन सिकनेस भनिन्छ । यो पाँचदेखि १२ वर्षका बच्चा, महिला र बुढापाकालाई बढी हुन्छ ।

बसको यात्रा गर्दा कसैलाई पटक्कै उल्टी हुँदैन। कसैलाई कहिलेकाहीँ र कताकति उल्टी हुन्छ भने कसैलाई अति नै उल्टी हुन्छ। कसैलाई त बस यात्रा भनेको जीवनमरणको चुनौती नै हो जस्तो पनि लाग्छ। उल्टी हुँदा सुरुमा प्रायः खाली तातोपानी, पानी सकिएपछि शरीमा भएको अन्नहरू, त्यो पनि सकिएपछि पेटमा भएका आन्द्राभुँडी नै फर्केर आउलाजस्तो हुन्छ 

दाडिम (अमिलो अनार), बयर, बिमिरो आदि यात्राका क्रममा पटक–पटक खाँदा पनि मोसन सिकनेस कम गर्न सकिन्छ । अथवा माथि भनिएका मध्ये मौसम अनुसार काँचो आँप वा दाडिम जे उपलब्ध हुन्छ त्यही लिई त्यसको जुस बनाउने र उक्त जुसमा पुदिना, अदुवा, ल्वाङ्ग मिसाएर अलिकति नुन र सौंफको पाउडर पनि राखी यात्राका क्रममा पटक–पटक पानीका रुपमा प्रयोग गर्दा पनि मोसन सिकनेसलाई कम गर्न सकिन्छ ।

हाम्रा बाटाहरू प्रायः बाङ्गाटिङ्गा भई १० किमी पार गर्दा २० वटा घुम्ती पार गर्नुपर्ने अवस्था छ। छोटो यात्रामा भन्दा लामो यात्रामा, सोझो बाटोमा भन्दा घुम्ती बाटोमा बढी उल्टी हुनु स्वभाविकै हो। उल्टी हुनु नहुनुमा मानिसको प्रकृति तथा स्वस्थ र अस्वस्थ अवस्थाले पनि फरक पार्छ। यदि तपाइँहरूलाई पनि लामो यात्रा गर्दा उल्टी हुने गरेको।

आफ्नो यात्रा सुखदायी र रमाईलो बनाउनका लागि हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटीको बारेमा जानकारी लिई राखौं ।
१. जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ । अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ ।

२. ल्वाङ्ग : ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि वान्ता हुँदैन ।

३. जामुन : जामुनको फल तथा यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ । अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको वीच–वीचमा अलि–अलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफुलका रुपमा प्रयोग गर्न सकिन्छ ।

४. आँप : काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्दछ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्दछ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर वीच वीचमा पिउने गर्नुपर्दछ ।

५. सुप :  सौंफले पनि वान्ता रोक्ने काम गर्दछ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाईरहँदा पनि वान्ता हुँदैन ।

६. अदुवा : रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ । अतः यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसीरहँदा पनि मोसन सिकनेस कम हुन्छ ।

७ .   सम्भव भएसम्म रात्रिबसमा यात्रा गर्ने।

८ .   अगाडिका सिटहरूमा मात्र सीधा अगाडि फर्केर बस्ने। क्याविनमा भए पनि हुन्छ।

९ .   यात्रा सुरु हुनुभन्दा १ घण्टा जति अगाडि नै हल्का तातो खाना खाने।

१०.    खाना खाँदा तरल पदार्थ बढी खाने। भोको पेट पटक्कै नहिँड्ने यात्रा गर्नुभन्दा १ घण्टा अगाडि औषधि खाने (डाक्टरको राय लिई)

११.   बस चढेपछि सकेसम्म निदाउने निन्द्रा नलागे पनि आँखा चिम्लने। यात्रा गर्नुभन्दा अगाडि रातमा कम निदाएमा सो दिन अवश्य निन्द्रा पर्छ।

१२.    मुख खाली नराख्ने। प्रायः नुनिलो पदार्थ चापाइराख्ने (जस्तै अदुवा+नुन या हजमोला क्याण्डी) आदि।

१३.   बसको घ्यार घ्यार आवाजबाट पेट नर्थकोस् भनी पेटमा टाइट हुने गरी ५/७ फन्का पटुका कस्ने।

                                   यसपालीको दशैं यात्रा तपाईँको यात्रा शुभ रहोस् गाउँ सहरको शुभकामना 


 

तपाईँको मत