विश्व

दक्षिण कोरिया : खतरामा महिलाको इज्जत, घरदेखि ट्वाइलेटसम्म ‘स्पाई क्याम’

दक्षिण कोरियामा महिलाहरु समानता र सुरक्षाको मागलाई लिएर धेरै संख्यामा सडकमा उत्रिएका छन् । पछिल्ला समयमा देशमा चलिरहेको जासूसी क्यामेराको समस्याले महिलाहरुलाई न घरमा त बाहिर असुरक्षित बनाएको छ । स्मरण गर्नुहोस् आफ्नो घरदेखि ट्वाइलेटसम्म स्पाइ क्यामरा (खुफिया क्यामेरा) लगाइएको छ र ती तस्वीरहरुलाई पोर्न (अश्लिल) फिल्मको लागि प्रयोग गर्ने गरिएको छ ।

दक्षिण कोरियामा सामुदायिक पाइखानामा लुकाएर राखिएको क्यामेरामा महिलाहरुका निजी जीवनका तस्वीर र भिडियो बनाइरहेका छन् । यसको अलावा स्टेशनमा यस्तो क्यामराको मद्यतले उनका स्कर्टको भित्री तस्वीर खिचिरहेको छ । फेरी यी तस्वीर र भिडियोलाई इन्टरनेटमा अपलोड गरिरहेका छन् । व्यापक रुपमा गरिरहेको यो ‘स्पाई क्याम पोर्न’ को विरुद्ध महिलाहरुले जमेर प्रदर्शन गरेका छन् ।

दक्षिण कोरियाको राजधानी सियोलमा ‘स्पाई क्याम पोर्न’ विरुद्ध हजारौँ महिलाहरुले पोस्टर, ब्यानर लिएर सडकमा उत्रिए । यी महिलाहरुले लुकाएर राखिएको क्यामराले खिचिएका तस्वीर र भिडियो विरुद्ध सरकारसँग सख्त कारबाहीको माग गरे । महिलाहरुले दक्षिण कोरियामा यो समस्याले यतिविध्न ठूलो रुप लिएको जसले उनीहरुले मानशिक दवावमा जीवन जिउनुपरेको दुःखेसो गरेका थिए ।

महिलाहरुले ती पुरुष अपराधीलाई तुरुन्त कारबाही गर्ने माग सरकारसँग गरेका थिए । अधिकारकर्मी प्रदर्शनकारीले विरोधमा आफ्नो अनुहार छोपेका, चश्मा लगाएका, माक्स लगाएका थिए । प्रहरीले यो बतायो की प्रदर्शनमा करिब १८ हजार बढी महिलाहरु सामेल भएका थिए ।

अत्यन्त सानो क्यामरा
एक वेवसाइटका अनुसार, दक्षिण कोरियामा प्रयोग गरिएको स्पाई क्याम यति छोटो छ कि त्यसलाई पाउन धेरै मुश्किल पर्छ । यो क्यामरालाई ढोका, छिड्कनी, दराजमा प्रयोग गर्दछन् । यो स्पाईक्यामले खिचिएका तस्वीरबाट महिलाहरुलाई ब्लाकमेल गर्दछन् र कोही पोर्न साइटमा तस्वीरहरु सार्वजनिक गरिरहेका छन् ।

अवैद्य भिडियो बनाउनु नै अपराध
दक्षिण कोरियामा दशकौँ देखिनै कुनै जानकारी बेगर महिलाहरुको भित्री अंगका तस्वीरहरु खिच्नु अपराध मानिन्थ्यो । सरकारी तथ्याँक अनुसार सन् २०११ मा १५३५ यस्तो घटना दर्ता भएको थियो, जो सन् २०१७ पुग्दा बढेर ६४६५ पुग्यो । महिलाहरु यो मामलामा अपराधीको विरुद्धमा सरकारसँग कडा भन्दा कडा कारबाहीको माग गरिरहेका छन् ।

दोहोरो मापदण्ड
एक मोडलले आरोप लगाइन, 'मे मा उसको एक पुरुष सहकमीले हैंगगिकमा क्लास आर्टको लागि उनको नाङ्गो तस्वीर खिचेका थिए र उनको इजाजत बिना फोटो अनलाइनमा हालिदियो ।'

एजेन्सीसहित तस्वीर : गूगलको सहयोगमा । 
 

तपाईँको मत