प्रविधि

सावधान ! स्मार्टफोनको ब्लू लाइटले तपाइँको आँखाको ज्योती गुम्न सक्छ

  • २५ श्रावण शुक्रबार, २०७५ | १६:२१:०० मा प्रकाशित

काठमाडौँ । स्मार्टफोनसँग हरेक समय टाँसिएर रहने बानी तपाइँको छ भने सम्झनुस् तपाइँको आँखामा असर पुग्न सक्छ । यसको अन्य नोक्सानी त छैन तर यो बानीले तपाइँको आँखालाई सबैभन्दा बढी असर पुर्याउन सक्छ । विशेषज्ञले स्मार्टफोनबाट निस्कने निलो उज्यालोले आँखाको ज्योतिमा असर पर्ने बताएका छन् । आँखाको नानीमा भएको मालिक्यूल्एलाई स्मार्टफोन वा डिजिटल उपकरणबाट निस्किएको घातक उज्यालो केशिकामा पर्न सक्छ ।

यूनिर्भसिटी अफ टोलेडोमा गरिएको यो अध्ययनले यसै भन्छ । यसमा भनिएको छ -स्मार्टफोन वा अन्य डिजिटल उपकरणबाट निस्किएको निलो उज्यालोले मानिसलाई अन्धो बनाउन सक्छ । विशेषज्ञले बताए कि मेक्यूलर डिजेनेरेशन नामको एउटा ठीक नहुने आँखाको रोग हो । जसमा आँखाको ज्योती न कि बराबर रहन्छ । यो ५० देखि ६० उमेरमा शुरु हुने गर्छ, अाँखाकाे नानीमा भएको फोटोरिसेप्टर सेल मर्छ । यी केशिकालाई रेटिनल मालिक्यूलको जरुरत पर्छ, ज्योतीलाई बुझ्नको लागि । जसले दिमागलाई सम्बन्धित संकेत दिन सकोस् ।

यूनिर्भसिटी अफ टोलेडोका असिस्टेन्ट प्रोफेसर अजित करुनारन्नेले भने, ‘निलो उज्यालोले अक्सर हामीसँग नजिक हुन्छ । कार्निया र लेन्स यसलाई रोक्न वा परिवर्तन गर्न सक्दैनन् । यो कुरा अब कसैसँग छुपाउन सकिँदैन कि निलो लाइटले आँखाको नानी अर्थात रेटिनालाई क्षति गर्दै हाम्रो आँखाको ज्योतिमा नोक्सानी पुर्याउँछ ।’ यो अध्ययन साइन्टीफिक स्पोर्टस् पत्रिकामा प्रकाशित भइसकेको छ । एजेन्सी
 

तपाईँको मत