स्वास्थ्य

एड्सभन्दा खतरनाक छ यो रोग, ५ वर्षभित्र लिनसक्छ सुपरबगको रुप

Men\\\'s Health

काठमाडाैँ । शारीरिक सम्बन्ध बनाउँदा फैलने रोग माइकोप्लाज्मा जेनिटेलियम (एमजी या एमजेन) नामको यो नयाँ रोगले डाक्टरहरुलाई चिन्ता बढाइदिएको छ । एड्सभन्दा खतरनाक यो रोग यूरोपमा तिब्ररुपमा बढेको छ । डाक्टरहरुले यदी यस रोगको उपचार खोजेनन् भने ५ वर्षभित्र यो रोगले सुपरबगको रुप धारण गर्न सक्ने बताएका छन् ।

यूरोपको एक संस्थाका अनुसार शारीरिक सम्बन्ध बनाउँदा या नांगो सम्पर्कबाट यो रोग फैलने गर्दछ । प्रायः यो रोग सहवास या शारीरिक सम्बन्ध बनाउँदा नै फैलने गर्दछ ।
एंटीबायोटिक्सको एक निश्चित डोज दिएर यस रोगको उपाचार गर्न सकिन्छ तर कुनै मुद्धामा सही उपचार पाउन सकेन भने यो घातक रोगलाई नियन्त्रण गर्न मुश्किल पर्नेछ ।

के हो माइकोप्लाज्मा जेनिटेलियम ?
माइकोप्लाज्माको कारक तत्वहरुको पहिचान हुन सकेको छैन, तर यो रोग पूर्णतया नयाँ भने होइन । सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिवेन्सनका अनुसार सन् १९८० मा पहिलोपटक यो रोगको पहिचान भएको थियो । यो रोग क्लामिडिया र गोनोर्ह्या जस्तै छ । तर यसको लक्षणको कुरा गर्दा क्लामिडिया को लक्षणसँगै यसमा शारीरिक सम्बन्ध बनाएपछि ब्लीडिङ्ग, इरिटेशन र पिसाव गर्दा दुःख जस्ता कुराहरु देखिन्छन् ।

यस रोगमा योसँग प्रभावित मानिसमा बाँझोपन, लिंगमा पिडा र प्रि म्याचोर डेलिवरी जस्ता कुराहरु देखिन्छन् । एमजीको भाइरस मुख्य रुपमा शारीरिक सम्बन्ध बनाउँदा फैलने गर्दछ । बास्हको अनुसार यो बिमारी ओरल सेक्सको कारण पनि फैलन सक्छ । 
एजेन्सीको सहयोगमा ।
 

तपाईँको मत