विश्वकप महाकुम्भ

फ्रान्सले चुम्यो २१ औँ विश्वकप फुटबलको उपाधी

fifa

रसिया । विश्वकप महाकुम्भ अन्तर्गत २१ औँ विश्वकप फुटबलको उपाधी फ्रान्सले चुमेको छ । 

फाइनल खेलमा फ्रान्स-क्रोएसिया ४-२ गोल भएसँगै उपाधी फ्रान्सले चुमेको हो । 

लुज्निकी स्टेडियम मस्कोमा सुरु भएको खेलमा १८ औँ मिनेटमा क्रोएसियाका मान्डजुकिकले आत्मघाति गोल गरे । प्रत्युत्तरमा क्रोएसियाका पेरिसिकले २८ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।

तर खेलको ३८ मिनेटमा फ्रान्सका गेरिजमेनले पेनाल्टी सुटलाई गोलमा परिणत गरि फ्रान्स-क्रोएसिया २-१ बनाए । फेरी खेलको ५९ र ६५ मिनेटमा फ्रान्सका पोग्बा र एमबाप्पेले गोल गरेर फ्रान्स-क्रोएसिया ४-१ बनाएका थिए । 

यस्तै क्रोएसियाका तर्फबाट मान्डजुकिकले खेलको ६९ मिनेटमा गोल गरेर ४-२ बनाएपनि क्राेएिसयाकाे केहि लागेन । भाग्यमानी क्रोएसियाले खेलको अन्तिमसम्म गोल गर्ने धेरै प्रयास गरेपनि विफल भएको थियो ।

२ गोलको अग्रतासँगै २१ औँ संस्करणको उपाधी फ्रान्सले चुमेको छ ।

तपाईँको मत