जीवनशैली

पानी किन आवश्यक, पिउने नियम र रोगहरूमा पानीको सेवन

  • १० असार आइतबार, २०७५ | १३:३१:०० मा प्रकाशित

काठमाडौं । पानीकाे सम्बन्ध जीवन र स्वास्थसँग गहिरो छ । मानिस खाना नखाई एक महिनासम्म बस्न सक्छ । तर पानी नखाई एक हप्तापनि बस्न सक्दैन । 

शरीरको २/३ भाग पानीले बनेको हुन्छ र हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ । प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ। 

किन आवश्यकः

१.शरीर भित्रका हरेक क्रियाहरूको लागी पानीकाे आवश्यक पर्छ ।

२.पानीले शरीरको अङ्ग प्रत्यङ्गहरू र प्रत्येक कोषिकाहरूमा पौष्टिक तत्त्वहरू तथा अन्य आवश्यक तत्त्वहरू पुर्याउने काम गर्दछ ।

३.प्रत्येक कोषिकाहरूमा हुने क्रियाहरु पानीकै साहायतामा हुन्छन् । यी क्रियाहरुबाट निस्कने  बिकारहरु पानीले नै विसर्जन अङ्गहरूमा पुर्याउँछ र शरीर बाहिर निस्कासन हुन्छ ।

४.पानीको सेवनले शरीरलाई सक्रिय बनाउँछ । पाचनतन्त्रलाई स्वस्थ र सबल बनाउँछ; रक्त सञ्चारमा सुधार ल्याउँछ; मृगौलालाई सक्रिय बनाउँछ। 

५.पानीले शरीरभित्र रहेका हानीकारक तत्त्वहरूलाई नष्ट गर्ने कलेजोको काममा मद्दत गर्दछ ।  

पानी कति पिउनेः

१.शरीरमा पानीको सन्तुलन बनाइराख्न जति मात्रामा पानी शरीर बाहिर जान्छ त्यति मात्रामा पानी पिउनु अति आवश्यक छ ।

२.तसर्थ कुनै काम नगरी बस्दापनि २.३ लिटर पानी नित्य पिउँनै पर्दछ ।

३.कामको प्रकृति अनुसार अतिरिक्त पानीको सेवन गर्नु पर्दछ । जाडो याममा ३ लिटर र गर्मी याममा ४ लिटरसम्म पानी पिउन सकिन्छ । मौसम र हाम्रो कामको प्रकृति अनुसार शरीरबाट बाहिर निस्कने पानीको मात्रा घटबढ हुन्छ । 

 

 नियमहरूः

१.सफा र स्वच्छ पानी सँधै बसेर चुस्की लिँदै पिउनु पर्दछ  । 
अत्यधिक चिसो र अत्यधिक तातो पानी पनि पिउनु हुँदैन । 

२.एकै चोटि अत्यधिक पानीको सेवन गर्नु हुँदैन ।

३.प्रतेक घण्टामा १ गिलासको दरले पानी पिउन सकिन्छ।

४.दिनको ३–४ लिटर पानी पिउनु पर्छ ।

५.खानासँग पानीको सेवन गर्नु हुँदैन । खानासँग पानी पिउनाले पाचनक्रिया सुस्त हुन्छ र खाना राम्रोसँग पच्दैन ।

६.खाना खानुभन्दा १÷२ घण्टा अगाडि  र खाएको १ घण्टा पछि मात्र पानी पिउनु पर्छ ।
तातो पानी अधिक पिउनाले पाचनतन्त्र कमजोर हुन्छ र खाना राम्रोसित पच्दैन । 

 

 रोगहरूमा पानीको सेवनः 

१. अपचको समस्या भए खाना खानु भन्दा ३० मिनेट देखि ४५ मिनेट अगाडि चिसो पानी पिउनाले आमाशयका ग्रन्थीहरू सक्रिय हुन्छन् । इन्जाइम्सहरू राम्रोसित स्रावित हुन्छन् र खाना राम्ररी पच्दछ । 

२. ज्वरो आएको अवस्थामा चिसो पानी सेवन एकदमै लाभदायक हुन्छ । चिसो पानी पिउनाले शरीरको तापक्रम ०.४ डिग्री सेल्सियसको दरले घट्दछ र धड्कनको चाल पनि घट्दछ ।

३. छालाको समस्या भएमा चिसो पानी सेवन अत्यन्त लाभदायक सावित हुन्छ ।

४. कब्जियतको समस्या भएमा खाना खानु भन्दा १–१  आधाघण्टा अगाडि २ गिलास चिसो पानी खाने बानी बसाले कब्जियतको समस्या हल हुन्छ ।

५. बिहान उठ्ने बित्तिक्कै पानी पिउनाले पाचन सम्बन्धी रोगहरूबाट मुक्ति मिल्दछ र मुटुको समस्यामा पनि लाभ मिल्दछ ।

एजेन्सीकाे सहयाेगमा ।

तपाईँको मत