गाउँ सहर

बेइजिङमा प्रधानमन्त्री ओलीले चिनियाँ पक्षलाई नेपलामा लगानी गर्न आह्वान

  • ६ असार बुधबार, २०७५ | ०६:४९:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी ओली ६ दिने चीन भ्रमणका क्रममा मंगलबार बेइजिङ पुगेका छन् ।प्रधानमन्त्री ओलीलाई चिनियाँ सहायक विदेशमन्त्री चाङ हानहुईले स्वागत गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीले नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्राचीन समयमा दक्षिण एसियासँग चीनलाई जोड्ने आर्थिक हब नेपाल भएको बताए । त्यसलाई अब फेरी ब्युँताउनुपर्नेमा जोड दिए । चीनसँग विकासमा साझेदार बन्न बेल्ट एन्ड रोडअन्तर्गत सहमत भएको, त्यस्ता सहमति र सम्झौताले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम खोल्ने उल्लेख गरे। 

ओलीले यातायात विकासलाई उच्च प्राथमिकता दिएको र आफ्नो सरकार अन्तरदेशीय रेल सञ्जाल बनाउन प्रतिबद्ध रहेको जनाए ।नेपाल र चाइना अप्ठ्यारो समयमा सधैँ एक–अर्काको सहयोगी बन्दै आएको र साझा विकास र दीर्घकालीन शान्तिको लागि सहकार्य गर्नुपर्ने ओलीले बताए । उनले चीनसँग नेपालको यातायात, पर्यटन, लगानीजस्ता क्षेत्रमा महत्वपूर्ण सहकार्य हुन सक्ने बताए । 

साथै नेपालमा प्रविधिमार्फत कृषि र उद्योगको विकासले युवालाई रोजगार सिर्जना हुने भन्दै उनले यसका लागि चीनसँग सहकार्य हुन सक्ने बताए । नेपालमा भएका जडीबुटी र हाइड्रोमा लगानी गर्न पनि चिनियाँ पक्षलाई आह्वान गरे ।

तपाईँको मत