प्रतिनिधि सभा

चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद बैठकमा सम्बोधन गर्ने

  • ४ असार सोमबार, २०७५ | ११:२४:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि हुने चीन भ्रमणबारे अाज ४ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्दै छन् । ओलीले आफ्नो चीन भ्रमणबारे जानकारी दिन लागेका हुन् । 

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली  चीन भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली मंगलबार चीनको ४ दिने औपचारिक भ्रमणमा जाँदैछ । यसअघि भएका सम्झौता कार्यन्वयनमा जोड दिने तयारी प्रधानमन्त्रीको चीन भ्रमणमा हुने भएको छ । यसअघि प्रधानमन्त्री ओली भारत भ्रमणमा गएका थिए । 

गत विहीबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेको थियो । चीन भ्रमणको विषयमा आइतबार प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गरेका थिए भने परराष्ट्रविद तथा पूर्व परराष्ट्रमन्त्रीहरुसँग पनि छलफल गरे । 

 

तपाईँको मत