स्वास्थ्य

अनारबाट फैलिएको हेपाटाइटिसबाट मृत्यु

  • २३ जेठ बुधबार, २०७५ | १६:१८:०० मा प्रकाशित

अस्ट्रेलियामा अनारबाट फैलिएको हेपाटाइटिस ए का कारण एक महिलाको मृत्यु भएको छ । फ्रोजन अनारको प्याकेटबाट फैलिएको हेपाटाइटिस ए का कारण तीन महिलाको मृत्यु भएको हो ।

अस्ट्रेलियाको दक्षिणी क्षेत्रकी ६४ वर्षकी महिलाको मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका छन् र उनको मृत्यु प्रति दुःख व्यक्त गरेका छन् । अनारबाट नै हेपाटाइटिस फैलिएको पुष्टि पनि भएको छ ।

गएको अप्रिलमा स्थानीय अधिकारीले अस्ट्रेलियाका क्रिएटिभ गोरमेट उत्पादन प्रयोग गर्दा सचेत हुन आग्रह गरेको थियो । यसका कारण अस्ट्रेलियाभर २४ जनामा हेपाटाइटिस ए को संक्रमण फैलिएको थियो ।

सरकारी अधिकारीले सर्वसाधारणसँग आफ्नो फ्रिजर चेक गर्न र सकेसमम फ्रोजन फ्र्युटको प्याकेटको प्रयोग नगर्न आग्रह गरेको छ ।

ताजा तथा स्थानीय रुपमा उत्पादित अनारमा समस्या नरहेको तर बाहिरबाट प्याक गरेर ल्याइएका अनारमा संक्रमणको खतरा रहेको बताइएको छ ।

 

तपाईँको मत