स्वास्थ्य

अस्पताल पुर्याउन दुई लाख खर्च

  • २३ जेठ बुधबार, २०७५ | ११:१९:०० मा प्रकाशित

खोटाङ । अधिक रक्तश्राव भएपछि खोटाङमा दुई लाखमा हेलीकोप्टर चार्टर गरेर गर्भवती महिलालाई अस्पताल पठाइएको छ ।

बच्चा जन्मने मिति आउन झण्डै एक महिना अगावै अधिक रक्तश्राव भएपछि र स्वास्थ्य खतरामा परेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा खिरीकी ३० वर्षीय गर्भवती महिला कुमारी भट्टराई (धिमाल) लाई दुई खर्चमा चार्टर गरिएको हेलीकोप्टरबाट मंगलबार साँझ काठ्माण्डौं पठाइएको हो ।

अधिक रक्तश्राव भएपछि जिल्ला अस्पताल दिक्तेलमा मंगलबार बिहान भर्ना भएकी भट्टराईलाई अस्पतालले अन्यत्र रेफर गरेपछि श्री एयरलाईन्सको हेलीकोप्टरबाट काठ्माण्डौ पठाइएको आफन्त बिष्णुप्रसाद धिमालले बताए ।

कुमारीको पहिलो गर्भावस्थामै रक्तश्राव नरोकिएपछि भट्टराईलाई तत्काल अन्यत्र रेफर गरेको अस्पतालले जनाएको छ । अस्पतालले उनको आगामी असार १८ गते बच्चा जन्मने मिति तोकेको थियो ।स्राेतःरेडियो नेपाल

तपाईँको मत