गाउँ सहर

एमाले-माअाेवादीकाे एकता "पूँजीवादी एकता" : चित्रबहादुर केसी

  • ११ जेठ शुक्रबार, २०७५ | २०:५०:०० मा प्रकाशित

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले र माओवादीको एकता विचार र कार्यक्रम मिलेपछि गरिएको एकताको समर्थन गर्दै सो एकतालाई पूँजीवादी एकता भएकाे बताएका छन् ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीको पाँचौँ जिल्ला सम्मेलनको आज बुटवलमा उद्घाटन गर्दै नेता केसीले साे कुरा बताएका हुन् । उनले केन्द्र र स्थानीय तहमा अधिकार बाँडेर केन्द्र र स्थानीय तहलाई जोड्नुपर्ने बताए ।

उनले यातायातमा भएको एकाधिकार हटाएर सरकारले राम्रो काम गरेको बताउँदै अब सत्तामा रहेका ठूला भ्रष्टाचारी र तस्करलाई जनताले देख्नेगरी कारवाही गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय जनमोर्चाका नेता रश्मिराज नेपालीले देशमा वामपन्थीको सरकार भए पनि भ्रष्टाचार, महँगी र कालोबजारी बढेको तथा राष्ट्रियता, सार्वभामिकता र अखण्डता कमजोर बनेको विचार राखेका थिए । 

तपाईँको मत