विश्व

पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ प्रहरीको मृत्यु

  • ८ जेठ मंगलबार, २०७५ | १६:३२:०० मा प्रकाशित
Photo : AP

गजनी, अफगानिस्तान  । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको प्रहरी चौकीमा गएराति रातभर भएको सुरक्षा कारबाहीका क्रममा १२ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । 

उक्त कारबाहीका क्रममा प्रहरी र तालिबानबीच झडप भएको थियो । उक्त झडपका क्रममा दुई जना वरिष्ठ प्रहरी अधिकारीसहित १२ प्रहरीको मृत्यु भएको सुरक्षा अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । 

गजनी प्रान्तको दिह याक र छिमेकमा पर्ने जाघातो जिल्लामा रहेका प्रहरी चौकीमा सयौँको संख्यामा आएका तालिबान आतङ्ककारीले आक्रमण गरेका बताइएको छ । 

यस झपडमा परी १२ प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता नुरीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । 

सो क्षेत्रमा गत महिना पनि यस्तै झडप भएको थियो । त्यस झडपमा परी सोही प्रहरी चौकीका छ जना प्रहरी मारिएका थिए ।  (रासस/सिन्ह्वा)

तपाईँको मत