गाउँ सहर

दुर्घटनाग्रस्त विमान क्षत-विक्षत अवस्थामा

काठमाडौं । मकालु एयरको विमान हुम्लाको खार्पुनाथमा दुर्घटनाग्रस्त क्षत-विक्षत अवस्थामा भेटिएको छ । विमान पहाडमा ठोक्किएर दुर्घटना भएको हो । विमानका रहेका चालक दलका दुबै सदस्यको मृत्यु भएको छ ।

विमान दुर्घटनामा मृत्यु हुने पाइलट आदित्य नेपाली मकालु एयरका सञ्चालक फिजुनाथ नेपालीका छोरा भएको खुलेको छ।

दुर्घटनाअघि पाइलट नेपालीले विमान बादलमा हराएको जानकारी गराएका थिए। सुर्खेतबाट उडेको उक्त मकालु एयरको कार्गो विमान खराब मौसमका कारण बिहान दुर्घटना भएको हो। जहाज १२ हजार ८ सय मिटर उचाइमा रहेको पहाडमा ठोकिएर खसेको थियो । बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट कार्गो सामान लिएर उडेको 9N-AJU C208B  जहाज ६ बजेर ५५ मिनेटमा अवतरण गर्नुपर्ने थियो ।

गृह मन्त्रालयका अनुसार दुवै पाइलटको शव सिमीकोट विमानस्थलमा लगिएको छ। विमानले बोकेका सामान, यसका पाटपुर्जा र कागजपत्र मैदानमा छरप्रस्ट छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत