विश्व

गाजामा प्रदर्शनकारीमाथिको सैन्य कारबाहीमा ५९ मारिए

  • १ जेठ मंगलबार, २०७५ | १७:१७:०० मा प्रकाशित

गाजा सिटी, प्यालेस्टाइन । आइतबार गाजाको सीमामा इजरायली सेनाले गरेको कारबाहीका क्रममा मारिनेको संख्या ५९ पुगेको समाचारमा जनाइएको छ । 

उक्त क्षेत्रमा मङ्गलबार पनि पुनःप्रदर्शनको अनुमान गरिएको छ । सो क्षेत्रमा विगतका केही दिनदेखि विरोध प्रदर्शन जारी रहेका छन् । 

इजरायली सेनाले आत्मरक्षाको लागि गरिएको कारबाही भन्दै गाजा र प्यालेस्टानको सीमामा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गरेको कारबाहीको क्रममा ५९ जना प्यालेस्टिनी मारिएका छन् । 

अमेरिकी राजदूतावास जेरुसेलममा राख्ने विषयमा इजरायल र प्यालेस्टाइनबीच केही वर्षयता द्वन्द्व जारी रहेको छ । 

सोमबारको विरोध प्रदर्शन अमेरिकाले आफ्नो दूताबास जेरुसेलममा सारेको विरोधका साथै इजरायलद्वारा सीमाक्षेत्रमा गरेको हस्तक्षेप विरुद्ध भएको बताइएको छ । 

प्रदर्शनमा सहभागी सयौं प्यालेस्टाइनीमध्ये करिब दुई हजार ७०० जना घाइते भएका छन् । हिजोको सो कारबाहीलाई रक्तपातपूर्ण भनिएको छ । 

गत मार्च ३० देखि निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीमाथि इजरायली सेनाले गरेको सैन्य कारबाहीको क्रममा ११३ भन्दा बढीको मृत्यु भएको छ । रासस/एएफपी

तपाईँको मत