जीवनशैली

तपाईंको साथी यौन लतमा त छैन ? थाहा पाउने यी हुन् जुक्ति

  • २७ बैशाख बिहीबार, २०७५ | १९:०७:०० मा प्रकाशित
Reader\'s Digest

लत विभिन्न किसिमका हुन्छन् । रक्सी, चुरोट, लागुऔषध, कनाउने, कराउने, हल्लिने, सुर्तीखाने आदि । समाजमा यस्ता लतहरुको बारेमा खुलेर कुरा गरिएपनि मानिसका यस्ता भित्री लतहरु छन् जुन खुलेर कुरागर्न अफ्टेरो मात्र होइन, बाहिर आउँदैनन् । यस्तो कुरा न गरिन्छ अनि सुनिन्छ । बरु टाढै भागिन्छ ।

तर, यौन चिकित्सक तथा विज्ञहरुका अनुसार संसारभरी नै पछिल्लो समयमा यौन लतको मात्रा बढिरहेको छ । यो सत्यतालाई प्रमाणित गर्नको लागि कुनै अनुसन्धान नभएपनि विषय एकदमै गम्भीर रहेको आम मानिसहरुको राय छ ।

सुन्दा भित्रि वा आन्तरिक कुरो भएपनि यौनको लत लागेपछि बरु मानिसले पानी खान केही समय पछि सार्छ तर यसको साथ छाड्न सक्दैन । तसर्थ कतै तपाईको यौनसाथि पनि यौनलतमा फसेको त छैन् ? यसको पहिचान गर्नु अपरिहार्य छ । 

यसरी थाहापाउन सकिन्छ यौनको लत

  1. तपाइँको साथी सामान्य कुरापनि लुकाउँछ वा जरुरतभन्दा बढी नै गोपनियता कायम राख्छ भने सम्झनुस् केही कालो छ ।    
  2. तपाइँको साथी जतिबेला पनि यौनकै विषयमा सोच्ने गर्छ भने सम्झनुस् केही कालो छ ।    
  3. तपाइँको साथीले फोन, ट्याव वा ग्याजेटमा यौनजन्य सामाग्री हेरिरहेको हुन्छ भने दालमा कुछ काला सम्झनुस् ।
  4. तपाइँको साथीमा एक्लो पोर्न एडिक्सन छ भने अवस्था शंकास्पद हुन्छ ।

एजेन्सीको सहयोगमा ।
 

तपाईँको मत