दृष्‍टिकोण

मजदुर नेताज्यूहरू ! मजदुरमाथि दलाली कहिलेसम्म गर्नुहुन्छ ?

होटलमा मनाइने मजदुर दिवसको कुनै अर्थ छैन

कलकारखाना, कृषिफार्म, सडक, भवन निर्माण लगायतका अर्काको काममा शारीरिक श्रम गरि ज्यालाद्वारा जीवन निर्बाहगर्ने व्यक्ति मजदुर हुन् । यीनै गरीखाने वर्गको हकहितको लागि भन्दै सन् १८९० यता प्रत्येक वर्ष  मे १ तारिखको दिन विश्वका मजदुर एक हौँ भन्दै  मजदुर दिवस मनाउने गरिएको छ । सन् १८८६ मा अमेरिकी शहर शिकागोका उद्योग कारखानाहरुमा कार्यरत हजारौं मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी आन्दोलनमा उत्रिएको सम्झनामा सन् १८८७ मा कार्ल माक्र्स र एंगेल्सले श्रमिक दिवसलाई उत्सवका रुपमा मनाउने घोषणा गरेका थिए । तत्पश्चात मजदुर आन्दोलनको महत्व विश्वभरी फैलिएको थियो । मजदुर आन्दोलनको इतिहास ज्यादै गर्विलो त छ नै साथै  विश्व मजदुर आन्दोलनको फेहरिस्त धेरै नै लामो  भएको हुँदा एउटै लेखमा समेटन नसकिने प्रष्ट छ । यसकारण यो लेखमा नेपालको मजदुरका विषयमा मात्रै केही कुरा लेख्नु सान्दर्भिक हुन्छ ।

विश्वका मजदुरहरुले मजदुर आन्दोलनको गर्विलोे इतिहासलाई साक्षी राखेर आफ्नो हकाधिकार सुनिश्चितताको खातीर सरकार मालिकहरुलाइ दबाब दिने उद्धेश्यले मजदुर दिवस मनाउँदै आएको शताब्दी भन्दा ज्यादा भैसकेता पनि नेपालमा भने २००७ सालमा बिराटनगरमा मजदुर आन्दोलन भएसङ्गै यो दिवस मनाउन थालिएको हो । मजदुर दिवस मनाउन थालिएको २००७ साल यताको अवधिलाइ हेर्ने हो र नेपालको हकमा मजदुर दिवसको सान्दर्भिकता अन्तर्राष्ट्रिय परिभाषाभित्र खोज्ने हो भने हिजोका दिनमा कार्लमाक्स र हेगेल्सले आन्दोलन गरे ताकाकै अवस्थामा अर्थात आज भन्दा १२७ वर्ष अगाडीकै अवस्थामा नेपालमा मजदुरहरुको अवस्था छ भन्दा फरक नपर्ला । किनभने काम अनुसारको उचित दाम, मनोरञ्जन र आरामको लागि विद्रोहको आवाज उठाएर शुरु भएको त्यो इतिहास जस्तो छ आजपनि त्यही अवस्थामा छ । आजका दिनसम्मपनि कुनै न कुनै रुपमा मजदुरहरुले  संघर्ष गरिरहेकै छन । आजको दिनमा पनि मालिकहरुले  सामान्य जिवनयापन गर्नसम्म नसक्ने तलब दैनिक १२ देखि १८ घन्टासम्म काममा लादीरहेको प्रसस्तै भेटिन्छ ।  अर्कोतिर काम नगरी एकदिन पनि खान नपुग्ने अवस्था सिर्जना हुँदा वा भनौँ हाड घोटेर मेहनत गर्दा पनि खान र बस्न सजिलो गरि पाउने नेपालीको संख्या ज्यादै न्यून छ जसको कारण कुनै बिरामीहुँदा पनि  पीडा कम गर्ने  औषधि बोकेर मजदुरी गर्न जानुपर्ने बाध्यता छ । महीनावारी हुँदा तल्लो पेट दुखिरहँदा ब्लड चुहाउँदै भएपनि काम गर्न जानुपर्ने अवस्था छ । स्कुल जाने कलिलो उमेरका आफ्नो सन्तानलाई बगरभन्दा माथी डाँडोमा रहेको स्कुल पढन जाँदै गरेका साहुको बच्चा हेर्दै आफ्नो सन्तानलाइ बगरमा आफुसँगै राखेर गिटी कुट्ने बालुवा चाल्ने काममा लगाउनुपर्ने बाध्यता छ ।

मे १ को दिनमा लाखाैँ खर्च गरेर मजदुर दिवस मनाउनुपर्छ अनि मजदुरको बारेमा रेलदेखि तेल घरघरमा, ग्यास पाइपदेखि पानी जहाजसम्मका  ठुलाठुला भाषण गर्नुपर्छ । मजदुर मुक्तिको भाषण हान्नुपर्छ । फेसबुक, ट्विटर र युटुबमा अनि सञ्चारमाध्याममा आफ्नो अनुहार देखाउनुपर्छ ।

हो मुलुकमा तन्त्रहरु त फेरिरहन्छन् । कहिले प्रजातन्त्र, राजतन्त्र ।  कहिले लोकतन्त्र कहिले गणतन्त्र । मुलुकले धेरै तन्त्रहरु झेलीरह्यो भने जनआन्दोलन, क्रान्ति, जनयुद्ध झेल्यो । यी सबै तन्त्र हुन वा आन्दोलन पक्कै पनि जनताको दर्दहरु कम गर्न भएका हुन भनेर नेपालका मजदुर वर्गले नेताज्युका मुखारबृन्दबाट ठुला ठुला भाषणहरु पनि भए, सुनिए र यी तमाम आन्दोलन मा साहदत प्राप्त गर्नेहरुको लामको अग्रभागमा तीनै मजदुरहरु भए । तर, बिडम्बना तीनै मजदुरको रगत सिरानी हालेर सत्तामा पुगेका नेताहरुले कहिल्यै मजदुरको पीडा बुझेनन् । तपार्इँहरुले सत्ताको रसलीलामा झुमेपछी कति मजदुरी जनताको पीडा र दुःख कम गर्ने काम गर्नुभयो भनेर प्रश्न सोद्धा अहिले पनि ती नेताहरुसँग कुनै उत्तर छैन ।  सत्तामा पुगेपछि मजदुरको हकहितको लागि काम गर्छु भन्नेलाइ एउटा कुरा चाहिँ थाह छ “मे १ को दिनमा लाखाैँ खर्च गरेर मजदुर दिवस मनाउनुपर्छ अनि मजदुरको बारेमा रेलदेखि तेल घरघरमा, ग्यास पाइपदेखि पानी जहाजसम्मका  ठुलाठुला भाषण गर्नुपर्छ । मजदुर मुक्तिको भाषण हान्नुपर्छ । फेसबुक, ट्विटर र युटुबमा अनि सञ्चारमाध्याममा आफ्नो अनुहार देखाउनुपर्छ ।

त्यो मजदुर जसले दिनभर काम गर्दा उचित पारिश्रमिक पाउँदैन उल्टो साहुको गाली खान्छ । काम नगर्ने हो भने भोकै मर्छ, उसलाइ त्यो पानीजाहाज आयो भने के हुन्छ ? रेल शहरमा गुडयो भने उसले के पाउँछ देख्न बाहेक ? जो छुपडीमा दाउरा बालेर धुवाम्मे भइ भात पकाएर खान्छ उसलाइ त्यो साहुहरुको घरघरमा जोडिएको ग्यास पाइपले के फाइदा गर्छ ? यी सबै सपनाहरु बगरमा बालुवा चाल्ने, कलकारखानामा काम गर्ने अनि सडक र भवन निर्माणमा कामगर्ने वा भनाैँ यी सबै शासक वर्गले बाँड्ने सपना मजदुरको लागि मुर्दा शान्ति हुन् । मजदुरको हकहित चाहने हो भने कुरा हैन मजदुरको पारिश्रमिक बढाउने काम गर । अनि हिजोको दिनमा राजनीतिका नाममा रातदिन उद्योगधन्दा बन्दगरेर सारा मजदुरको वेहाल पार्नेहरु हाे, अब ती उधोगहरु खोलेर रोजगार देउ । विदेशमा रगत र पसिनासङ्ग पैसा साटेका बीसौँ लाख उर्जाशील युवाहरुलाइ घर फर्काएर देशमै रोजगार दिने वातावरण बनाउ । अनि होटल रेस्टुरेन्टमा १० प्रतिशत सेवा शुल्क भनेर ग्राहकबाट उठाइने पैसा मजदुरहरुलाइ शतप्रतिशत दिने कानुन बनाउ ।  अन्याथा तिम्रा सहरका तारे होटलमा मनाइने मजदुर दिवसको कुनै अर्थ छैन । तसर्थ,  परिश्रमको भाषा अनि विदेशमा बगेका रगत र पसिनाको शब्द इमान्दारी र सोझो वाक्य बोल्छन् “सिमली छायामा बसी” भनेजस्ता दुःखका गीत गाउँछन । तिमी मालिकहरु सामान्तीहरु पूँजिपतिहरु अनि मजदुरको हकहित चाहने भनेर ठुलाठुला गरिखाने मजदुरलाइ सपना देखाउने तर काम चाहिँ फिटिक्कै नगर्ने नेताहरु चाहिँ मजदुर दिवस मनाउ । अनि मजदुर दिवसको दिन बेलुका आलिसान महलमा बसेर सामाजिक सञ्जाल र सन्चार माध्याममा तिम्रा कार्यकर्ताले पोस्टीएको आफ्नो तस्बिर हेरेर रमाउ । 

तिमी मालिकहरु सामान्तीहरु पूँजिपतिहरु अनि मजदुरको हकहित चाहने भनेर ठुलाठुला गरिखाने मजदुरलाइ सपना देखाउने तर काम चाहिँ फिटिक्कै नगर्ने नेताहरु चाहिँ मजदुर दिवस मनाउ । अनि मजदुर दिवसको दिन बेलुका आलिसान महलमा बसेर सामाजिक सञ्जाल र सन्चार माध्याममा तिम्रा कार्यकर्ताले पोस्टीएको आफ्नो तस्बिर हेरेर रमाउ । 

बडो अचम्म के लाग्छ भने मजदुर दिवसको दिनमा हरेक दलको भातृ सङ्गठनको बेग्लाबेग्लै आमसभा हुन्छन । यो दिनमा मजदुरको नाममा बनेका झन्डाहरु मजदुर नेताका पजेरोहरुमा फरफहराउँछन् ! यस्तो पनि मजदुर एकता हुन्छ ? अनी देश प्रतिको उतरदायित्व ? अनि कसरी एउटा देशका मजदुरका हकहित चाहने मजदुर नेता र कार्यकर्ता त एक हुन सक्दैनन भने विश्वका मजदुर एक हौँ भनेर मात्रै हुन्छ ? बिहान, दिउँसो काम गरि दुइछाक खाने वास्तविक  मजदुरको आफ्नो राजनैतिक दल हुँदैन । आफ्नो पेट पाल्न फाइदा भए जुनकुनैबेला जुनसुकै पार्टीमा लाग्न सक्छन । मजदुर दिवसको दिनमा कुनै एक पार्टीको झण्डा बोक्ने मजदुर हैनन कार्यकर्ता हुन । जबसम्म कुनैपनि मजदुरको एउटा पार्टी, एउटा झन्डा र एउटा सङ्कल्प, एउटा साझा कार्यक्रम हुँदैन तब सम्म मजदुर दिवस मनाउनुको के अर्थ ?

तसर्थ अन्त्यमा, 
मजदुर दिवस मनाउन शुरु गरिएको शताब्दी नाघिसक्दा पनि नेपाली परिप्रेक्षमा मजदुरहरु आत्मसम्मानसहित बाँच्न पाउने अनि हकाधिकारसहित उचित पारिश्रमिक नपाउने अवस्थाबाट गुज्रीरहेका छन् । दशकाैँसम्म हाड घोटेर रगत र पसिना बगाएर पनि आफ्नो जिन्दगी सपार्न नसकेर बुढ्यौली उमेरमा बडो तनाबमा धेरै पात्रहरु जिन्दगी गुजारीरहेका छन् । ती पात्रहरु जसलाइ न कुनै तन्त्रले छुन्छ न कुनै व्यवस्थाले । आजसम्म पनि न तिनीहरुलाइ आफुलाइ राज्य र समाजबाट परेको  अन्यायको विरुद्ध बोल्ने आँट छ, न न्याय भनेको के थाहा छ ? न समानता र जनअधिकार कुरा नै ? तसर्थ, यी राज्य समाज र साहु चारैतिरबाट ठगीएका । यी मजदुरको कुरा कसले कहिले कुन नेता वा राज्यले बुझीदिने हो, सुनिदिने हो हेर्न बाँकी छ । 

हिजोआज मजदुरका नाममा खोलिएका विभिन्न संगठनका नेतृत्वहरुको सबैभन्दा ठूलो समस्या भनेकै मजदुरलाई कुनैपनि उधोग कलकारखानामा यो वा त्यो पार्टीको नाममा उक्साउने र आन्दोलनले उग्ररुप लिँदै गरेपछि मालिकसँग मिलेर मजदुरलाई नै शोषण गर्ने  मजदुरलाई आन्दोलनमा उतार्ने र मालिकसँग दलाली गर्ने अनि पैसा पाएपछि यो या त्यो नाममा आन्दोलन स्थगित गर्ने । यस्ता उदाहरण जतासुकै अनलाइन र सामाजिक सञ्जालहरुमा भेटिन्छ । यस्ता क्रियाकलापले मजदुर नेताको रुपमा कलङ्कहरु हुन् । यस्तो काम गर्नेहरु अपराधी हुन, यस्तो कामले मजदुरहरुको आन्दोलन कहिल्यै सफल हुन सक्दै सक्दैन ।

यस्तो कुकर्मको व्यापक शिकार भैरहेका छन् नेपाली श्रमिकहरु । तसर्थ, नेपाली मजदुर पनि मजदुर हकहित भन्दै राजनीतिको नाममा अवसरवादी संगठनहरुबाट जोगिँदै अगाडि बढ्न अब ढिला गर्नु हुन्न । 
शुभकामना ।
 

तपाईँको मत