गाउँ सहर

रास्वपाकाे ‘नागरिक करार’ भन्दै पाँचबुँदे पत्र सार्वजनिक

  • ३ फाल्गुण आइतबार, २०८२ | १७:२०:०० मा प्रकाशित

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग करार भन्दै पाँचबुँदे पत्र सार्वजनिक गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो करारपत्र सार्वजनिक गरेका हुन् । 

“चुनावमा वाचा त धेरैले धेरैपटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै निरन्तर भोग्नुपर्‍यो । हामी पूरा नहुने वाचा होइन जनतासँग प्रतिज्ञाको करार गर्दै छौँ,” लामिछानेले पत्र सार्वजनिक गर्दै लेखेका छन् । 

सदाचार र असल शासन, मध्यमवर्गीय विस्तार; काम, काम, काम, कनेक्टिभिटी र प्रवास गरी पाँच बुँदामा केन्द्रित रहेर जनतासँग करार गर्ने पत्रमा उल्लेख गरिएको छ । 

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ‘वाचापत्र’ ल्याउनुअघि नागरिक करार गर्ने रास्वपाले जनाएको छ ।
 

तपाईँको मत