चुनावकाे उत्साह शेयरबजारमा पनि देखियाे
- गाउँ सहर संवाददाता
- ६ माघ मंगलबार, २०८२ | १६:१३:०० मा प्रकाशित
काठमाडौं । चुनावकाे उत्साह शेयरबजारमा पनि देखिन थालकाे छ । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभरि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ । निर्वाचन सम्पन्न हुने र त्यसले स्थिरता ल्याउने अपेक्षामा सेयर बजार लगानीकर्ता रहेको आजको सेयर बजारले संकेत गरेको छ ।
आज मंगलबार ४२.२६ अंकले बढेको बजार २७१४.८१ बिन्दुमा उक्लिएको छ । जुन १.५८ प्रतिशतको वृद्धि हो । आज सबै उपसूचकमा हरियाली देखियो ।
सबैभन्दा धेरै (३.३६ प्रतिशत) होटल र पर्यटन उपसूचकका लगानीकर्ताले कमाएका छन् । मंगलबार कुल ३ सय ३९ धितोपत्रको १ लाख १५ हजार १ सय ८१ कारोबारबाट २ करोड ५१ लाख ८५ हजार ६ सय ४७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम समेत ११ अर्ब ८५ करोड नाघेको छ ।
मंगलबार सबैभन्दा धेरै गुर्खाज फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ । यसबाहेक आँखुखोला जलविद्युत् कम्पनी, राप्ती हाइड्रो, नेसनल हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट जस्ता धितोपत्रको मूल्य धेरैले बढेको छ ।
आज सबैभन्दा धेरै घाटा भने एसबीएल डिबेन्चरका लगानीकर्ताले बेहोरेका छन् । यो धितोपत्रको मूल्य ४.२३ प्रतिशतले घटेको छ । प्राइभ डिबेन्चर, सुपरमादी हाइड्रो, सामलिङ पावर सहित धितोपत्रको मूल्यसमेत धेरैले घटेको देखिएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस