खेल

यू–१७ एसियन महिला कप छनोट : नेपाल समूह ‘एफ’मा

  • २२ श्रावण बिहीबार, २०८२ | १४:२६:०० मा प्रकाशित

काठमाडौं । एएफसी यू–१७ एसियन महिला कप छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ । बिहीबार (साउन २२) एएफसीले आउँदो वर्ष चीनमा आयोजना गरिने यू–१७ एसियन महिला कपका निम्ति सार्वजनिक गरेको तालिकामा नेपाल समूह ‘एफ’मा परेको हो । समूहमा नेपालसँगै थाइल्यान्ड र तुर्कमेनिस्तान छन् । 

छनोट आउँदो अक्टोबर १३ देखि १७ सम्म सञ्चालन गरिनेछ । एएफसीले २७ राष्ट्रलाई सात समूहमा विभाजन गरी तालिका सार्वजनिक गरेको हो । प्रत्येक समूह विजेताले छनोटको अन्तिम चरणमा स्थान बनाउनेछन् । छनोट ‘सिंगल राउन्ड रोबिन प्रणली’मा सञ्चालन गरिनेछ ।

छनोटको अन्तिम चरणमा यसअघि नै दक्षिण कोरिया, जापान, उत्तर कोरिया र चीनले स्थान बनाइसकेको छन् । छनोटको अन्तिम चरण सन् २०२६ को अप्रिल ३० देखि मे १७ सम्म आयोजना गरिनेछ ।

तपाईँको मत