विद्योदय माविमा रोपाइँसँगै सिकाइ
- गाउँ सहर संवाददाता
- १४ असार शनिबार, २०८२ | ०८:५४:०० मा प्रकाशित
.jpeg)
म्याग्दी । म्याग्दीको बेनी–१०, वाखेतमा रहेको श्री विद्योदय आधारभूत विद्यालयले आफ्नो नियमित शुक्रबारे कार्यक्रमअन्तर्गत राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा र जीवनोपयोगी सीप सिकाउने प्रेरणादायी पहल गरेको छ ।
यो विशेष कार्यक्रमले विद्यार्थीहरूलाई कृषिको महत्त्व, श्रमको सम्मान र प्रकृतिसँगको सम्बन्ध बुझाउनुका साथै प्रयोगात्मक मूल्यांकनमार्फत उनीहरूको सीप, सृजनशीलता र जिम्मेवारी मापन गरेको छ।
विद्यालयले हरेक शुक्रबार विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा पर गएर व्यावहारिक सीप र सामाजिक उत्तरदायित्व सिकाउने रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यसपटक, राष्ट्रिय धान दिवस असार १५ को अवसरमा विद्यालयले स्थानीय खेतमा रोपाइँ कार्यक्रम आयोजना र्गयो । स्थानिय कृषक राजेन्द्र पाइजाको खेतमा विद्यार्थीहरूले उत्साहपूर्वक हिलोमा धान रोपे, असारले गीतको लयमा आली लगाए । हिलो खेले र दहि चिउरा खाए । यी गतिविधिले उनीहरूमा टिमवर्क, धैर्य र प्रकृतिप्रेमको भावना जागृत गरेको विद्यालयले जनाएको छ ।
पाठ्यक्रम विकास केन्द्रले निधार्रण गरेको विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० आधारभूत तह (४–८) अनुुसार यो रोपाइँ कार्यक्रमलाई प्रयोगात्मक मूल्यांकनको आधार बनाइएको छ । शिक्षकहरूले विद्यार्थीहरूको रोपाइँ प्रक्रियामा सहभागिता, माटो तयारी, बिरुवा रोप्ने तरिका, हेरचाहको ज्ञान र सहकार्यको क्षमतालाई मूल्यांकन गरे। यो पद्धतिले परम्परागत परीक्षामुखी शिक्षालाई चुनौती दिँदै व्यावहारिक सीपमा आधारित मूल्यांकनको नवीन दृष्टिकोण प्रस्तुत गरेको छ । निमित्त प्रधानाध्यापक तथा सूूचना अधिकारी अमृता जिसी रोकाका अनुुसार, “विद्यालयले विद्यार्थीहरूलाई किताबसँगै जीवनका व्यावहारिक पाठ सिकाउन जोड दिएको छ । असार १५ को रोपाइँले उनीहरूलाई कृषि, श्रम र प्रकृतिको महत्त्व बुझाएको छ । प्रयोगात्मक मूल्यांकनले उनीहरूको आत्मविश्वास र सीपलाई उजागर गरेको छ।”
अतिरिक्त कार्यक्रम संयोजक सुजन पुनले भन्नुुभयो, “रोपाइँ जस्ता गतिविधिले विद्यार्थीहरूलाई प्रकृतिसँग जोडेर जिम्मेवारी र सृजनशीलताको पाठ सिकाएको छ । हाम्रो शुक्रबारे कार्यक्रमले सिकाइलाई जीवन्त र रमाइलो बनाएको छ।”
यता कक्षा ८ का विद्यार्थी अप्सन किसानले उत्साहित हुँदै भन्नुुभयो, “असारे गीत गाँउदै आली लगाएँ निकै रमाइलो भयो ।”
कक्षा ७ का विद्यार्थी कृष्टी पाइजा र विपिना पुनले विद्यालयले पहिलोपटक रोपाइँ कार्यक्रम राखेको बताए । उनीहरुले रोपाइँ गर्दा, माटोमा खेल्दा रमाइलो भएको बताए ।
पछिल्लो समय कृषिकर्म घट्दै जानु र असारे लोकभाकाका गीतहरू हराउँदै गएको बेला विद्यालयको यो प्रयासले सांस्कृतिक संरक्षण गर्न सघाउ पुुग्ने विद्यालयको विश्वास छ ।
विद्यालयले सामाजिक अध्ययन, स्थानिय विषय व्यवसायिक तथा पर्यटन शिक्षा, स्वास्थ्य शारिरिक तथा सिर्जनात्मक अभिव्यक्ती कला विषयमा भएका जीवनोपयोगी सिप, समाजको विकास र दर्शन, सामाजिक जीवन, इतिहास, सामाजिक पहिचान, नागरिक सचेतना, शिक्षा र विकाससम्बन्धी पाठहरूलाई व्यावहारिक रूपमा सिकाउँदै आएको सूूचना अधिकारी रोकाले जानकारी दिनुुभयो छ । शुुक्रबारको रोपाँई कार्यक्रममा कक्षा ४ देखि ८ कक्षा सम्मका करिब ६४ जना विद्यार्थी र शिक्षकहरु सहभागी भएका थिए ।
नेपालले वि.सं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ। कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । ‘मानो रोपेर मुरी फलाउने’ दिनको रुपमा पनि यसलाई बुझ्ने गरिएको छ । त्यसबाहेक हिलो खेल्ने र दहीचिउरा खाने दिनको रुपमा पनि यो दिनको सम्झना गरिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस