इजरेलद्वारा इरानमा हमला
- ३० जेठ शुक्रबार, २०८२ | ०७:५५:०० मा प्रकाशित

एजेन्सी । इजरेलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरेली डिफेन्स फोर्सले बताएको छ भने इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन्।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उक्त हमला 'अपरेशन राइजिङ लाइअन' नाम दिइएको सैन्य कार्वाही को एक भाग भएको भन्दै इरान इजरेलको "अस्तित्वको लागि" खतरा भएको बताएका छन्।
उनले "आवश्यकता रहेसम्म आक्रमण जारी राख्ने" बताउँदै इजरेलको हमलाले "इरानको परमाणु प्रशोधन कार्यक्रमको मुटुमा नै प्रहार गरेको" पनि बताए।
इजरेलले जबाफी हमलाको अपेक्षा गर्दै देशमा संकटकालको घोषणा गरेको छ।
इजरेली डिफेन्स फोर्सेज् (आईडिएफ)ले आफूले 'इरानले हमला गर्नुभन्दा अगावै, लक्षित एवं संयोजित' आक्रमण गरेको बताएको छ।
इरानी सरकारी सञ्चार माध्यमले इजरेलले तेहरान तथा अन्य सहरहरूका आवासीय क्षेत्रहरूमा हमला गरेको जनाएको छ। इरानको सरकारी टिभीलाई उद्धृत गर्दै रोएटर्सले उक्त हमलामा बालबालिकाहरूको पनि ज्यान गएको जनाएको छ।
प्रतिकृया दिनुहोस