काठमाडाैं । हिजाे-अस्ति बढेकाे नेप्से आज बुधबार घटेर बन्द भएकाे छ । यस दिन शेयर परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । सोमबार र मंगलबार बढेको बजार आज १३.६९ अंकले घटेर २ हजार ६६४.४७ विन्दुमा झरेको छ ।
यस दिन कारोबार रकम पनि घटेको छ । ८ अर्ब २८ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड ८२ लाख ४८ हजार ६९५ कित्ता शेयर कारोबार भएको छ । जसमा सबैभन्दा धेरै राँधि विद्युत कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
१७० वटा कम्पनीको मूल्य घट्दा ७७ कम्पनीको मूल्य बढेको छ । जसमा पियोर इनर्जी र सीनर्जी पावर डेभलपमेन्टको शेयर मूल्य समान ९.९९ प्रतिशतले बढेको छ । हाइड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । यस उपसमूहकको परिसूचक १.१३ प्रतिशतले वृद्धि हुँदा अन्य सबै परिसूचक घटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस