बालबालिका

वातावरण जोगाऔँ

हाम्रा वरिपरिको हावा, पानी, माटो, वनजंगल, जनावर, माछा, चरा, आकाश, मान्छे सबैलाई वातावरण भन्दछौँ । पृथ्वीमा रहेका यिनै कुराहरुबाट हाम्रो जीवन चलेको छ । तर अहिले हाम्रो वातावरण दिनदिनै प्रदूषित हुँदै गएको छ । यस्तो अवस्थामा वातावरणको संरक्षणको लागि जनचेतना फैलाउनु अत्यन्त आवश्यक छ । यही उद्देश्यले हरेक वर्ष जुन ५ तारिखमा

विश्व वातावरण दिवस मनाइन्छ । ‘प्लास्टिक प्रदूषण न्यूनीकरणमा हाम्रो दायित्व’ नारासहित यो वर्षको विश्व वातावरण दिवस मनाइँदै छ ।

यस दिन विद्यालयमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइन्छ । यस दिन हाम्रो विद्यालयले पनि विभिन्न खालका जनचेतनामूलक नाटक, कविता, कथा, चित्रकला बनाएर तथा ¥याली निकालेर मनाउने गरेको छ । यस दिन मलाई विशेष लाग्छ । किन की हामी बाँच्ने वरपर सबै सधैँ सफा हुनुपर्दछ तर भन्नैपर्दछ म बस्ने नजिकै मानिसहरुले नै फोहर र दुर्गन्धित बनाएको धोबी छ । जुन सफा हुन सकिरहेको छैन । 

अत्यधिक जंगल फडानी, कारखाना र गाडीबाट निस्किने धुँवा, प्लास्टिकको धेरै प्रयोग, अनि फोहोर व्यवस्थापनको कमीले वातावरण नास हुँदै गइरहेको छ । प्रदूषित वातावरणले मानिसमा दम, एलर्जी, क्यान्सरजस्ता रोग लाग्दछ ।

पृथ्वीको तापक्रम बढ्नु, हिमालमा हिउँ नपर्नु, परेको पनि चाँडो चाँडो पग्लनु, बाढी, खडेरीजस्ता प्राकृतिक विपत्ति बढिरहनुमा तपाईँ हाम्रै दोष छ । यी सबै हामीहरुले नै वातावरण प्रदूषण पारेकै कारण भएका हुन् । त्यसैले हामीले गरेको गल्ति सच्याएर वातावरण जोगाउने कर्तव्य पनि हाम्रै हो ।

त्यसका लागि रूख रोपौँ र जंगल फडानी नगरौँ । प्लास्टिक प्रयोग कम गरौँ । गाडीको साटो साइकल वा सार्वजनिक सवारी प्रयोग गरौँ । फोहोर जथाभावी नफालेर व्यवस्थापन गरौँ र पुनःप्रयोग गर्न सकिने सामानको प्रयोग गरौँ । सरसफाइमा ध्यान दिऊँ र अरूलाई पनि सचेत गराउँ ।

वातावरण दिवसका अवसरमा विद्यालय, कलेज, कार्यालयबाट नजिकैको जंगल वा सार्वजनिक स्थलमा विभिन्न खालका रुखहरु रोपौँ । रोपिएका रुखहरुको संरक्षणमा पनि ध्यान दिउँ । वातावरणका बारेमा अरूलाई पनि सचेत गरौँ ।

वातावरणले हामीलाई बाँच्न मद्दत गर्छ । हामीले स्वच्छ हावा सास फेर्छाैँ सफा पानी पिउँछौँ र हरियालीमा रमाउँछौँ । त्यसैले वातावरण हाम्रो सबैभन्दा नजिकको साथी हो । यदि वातावरण शुद्ध हावा, पानी भएन भने हामी पनि स्वस्थ भएर बाँच्न सक्छदैनौँ । त्यसैले हामी सबै मिलेर वातावरण जोगाऔँ र पृथ्वीलाई हरियाली बनाऔँ ।

नाम : शिवांशी खड्का
कक्षा : ५
विद्यालय रिलायन्स इन्टरनेशनल एकेडेमी, कपन-बुढानीलकण्ठ। काठमाडौँ


 

तपाईँको मत