कोटेश्वर बहुमुखी क्याम्पस र मनोहरा सरसफाई तथा सम्पदा बचाऊ अभियानले मनायो वातावरण दिवस
- गाउँ सहर संवाददाता
- २२ जेठ बिहीबार, २०८२ | १३:४०:०० मा प्रकाशित

काठमाडौँ । आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ कोटेश्वर बहुमुखी क्याम्पस र मनोहरा सरसफाई तथा सम्पदा बचाऊ अभियानले संयुक्त रुपमा विश्व वातावरण दिवस मनाएको छ ।
काठमाडाैँ वडा नं ३२ स्थित नमूना बस्ती र कोटेश्वर बहुमुखी क्याम्पस वरिपरि सरसफाई गरेर क्याम्पस र अभियानले विश्व वातावरण दिवस मनाएको हो ।
कोटेश्वर क्याम्पसका क्याम्पस प्रमुख डा. प्रकाश पोखरेल, सहायक क्याम्पस प्रमुख मनाेज अधिकारी, नन्दीकेशर नेपाल र अभियानका संयोजक चन्द्र दंगाल, सह संयाेजक नारायण गिरीले सरसफाई कार्यक्रमको सुरुवात गरेका थिए ।
सरसफाईको क्रममा कोटेश्वर क्याम्पसका सहायक क्याम्पस प्रमुख मनोज अधिकारीले यस्तो कार्यक्रमले विग्रँदो वातावरणले ल्याएको चुनौतिप्रति सचेत गराउने बताए । उनले भने, ‘हामी यो दिवस प्रत्येक वर्ष मनाउँछौँ । यसपटक अभियानसँग सहकार्य गरेका छौँ । यसरी कार्यक्रम गरिँदा भावी सन्ततीप्रति शिक्षा फैलने र न्याय प्राप्ति हुने छ ।’
कार्यक्रममा करिब २०० बढी विद्यार्थी, शिक्षक, कर्मचारी र स्थानीयहरूको सहभागिता रहेको थियो ।
संयुक्त राष्ट्रसङ्घले आह्वान गरे बमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस