सामाजिक सञ्जाललाई निषेधित वा संकुचित भन्दा पनि सदुपयाेग गर्नुपर्नेमा सिवाकाेटीकाे जाेड
- गाउँ सहर संवाददाता
- ७ बैशाख आइतबार, २०८२ | ०७:५७:०० मा प्रकाशित
.jpeg)
रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले सामाजिक सञ्जाललाई निषेधित वा संकुचित भन्दापनि सदुपयाेग गर्नपर्नेमा जाेड दिएका छन् ।
नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापको ९ औँ वार्षिक साधारण सभालाई शनिबार मन्थलीमा सम्बोधन गर्दै पूर्व प्रेस युनियनका केन्द्रीय महासचिव समेत रहेका कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीले सञ्चार जगतमा सामाजिक संजाल एवं प्रविधिको प्रयोग बढिरहेको बेला सरकारका मन्त्रीहरूले त्यसलाई विभिन्न गर्ने बहानामा खुम्च्याउन खोजेको भन्दै प्रेस स्वतन्त्रमाथिको प्रहार हुन सक्ने आशंका व्यक्त गरेका हुन् ।
सामाजिक संजाल माथि सञ्चार मन्त्री पृथिबी सुब्बा गुरुङले बेला–बेलामा कडाइ गर्ने अभिव्यक्तिले त्यस्ताे संकेत गरेकाे उनको दाबी छ । नियमन गर्न सकिने भए पनि सामाजिक संजाललाई बन्दै गर्न नहुने पार्टीको समेत धारणा रहेको केन्द्रीय सदस्य शिवाकोटीको भनाई छ।
उनले सामाजिक सञ्जालमा आएका कुराले मानिसलाई दिग्भ्रमित बनाउने काम गरिएको पनि बताए । ‘सामाजिक सञ्जालमा आएका सबै कुरा सत्य हुन् भन्ने कुरा नागरिकले पत्याइ रहेका छन्, सामाजिक सञ्जालमा आएको सबै कुरा सत्य होइन, यो कुरा नागरिकलाई बुझाउन आवश्यक छ, यो भ्रमबाट नागरिकलाई मुक्त बनाउनु पर्छ’, उनले भने ।
उनले पछिल्ला दिनहरूमा देशमा निराशाको व्यापार भइरहेको छ बताउँदै असन्तुष्टिको जगमा असन्तुष्टिलाई देखाएर व्यवस्था विरोधीहरू निराशाको व्यापार गर्न लागेको आरोप लगाए । अहिले नागरिकमा आशा जगाउन राजनीतिक दल बिचको सम्बन्धलाई, पत्रकार र राजनीतिक दल बिचको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उनको जोड रहेको छ ।
कार्यक्रममा वक्ताहरूले मिडियाकर्मीहरूले सामाजिक सञ्जालको सही सदुपयोग गर्न सक्नु पर्नेमा जोड् दिएका थिए ।
नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा सदरमुकाम मन्थलीमा शानिवार भएको कार्यक्रममा नेपाली नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेल, नेपाली काँग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का लगायतका नेताहरूले नेपाल प्रेस युनियन रामेछापको ९औँ साधारण सभा सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियन रामेछापले प्रकाशन गरेको भित्ते पात्रो समेत सार्वजनिक गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस