‘कुरा ठूला, काम छैन’ - नौ महिनामा २९ प्रतिशत मात्र विकास खर्च
- गाउँ सहर संवाददाता
- १ बैशाख सोमबार, २०८२ | १४:३०:०० मा प्रकाशित
काठमाडौँ । हामी कुरामात्र ठूला गर्छाैँ भन्ने याे पछिल्लाे खर्चले देखाउँछ किनकी चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत मसान्तसम्म कुल पुँजीगत खर्च मात्र २९.२ प्रतिशतमा सीमित छ ।
सरकारले चालु वर्षका लागि पुँजीगत खर्चतर्फ रु ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख विनियोजन गरेकामा चैत ३० गतेसम्म खर्च भएको रकम एक खर्ब दुई अर्ब ९० करोड मात्रै हो ।
विकास खर्च मात्रै होइन, समग्र बजेट कार्यान्वयनमै कमजोरी देखिएको छ । १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको कुल बजेटमध्ये चैत मसान्तसम्म जम्मा ५३.६७ प्रतिशत अर्थात् ९ खर्ब ९८ अर्ब ५० करोड रुपैयाँ मात्रै खर्च भएको छ ।
चालु शीर्षकमा विनियोजित ११ खर्ब ४० अर्ब ६६ करोडमध्ये ५९.४५ प्रतिशत अर्थात् ६ खर्ब ७८ अर्ब ६ करोड खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फको खर्च ५९.२३ प्रतिशतमा सीमित छ ।
अर्कोतर्फ, राजस्व संकलन पनि लक्ष्यभन्दा निकै पछाडि छ । सरकारले राखेको १४ खर्ब १९ अर्ब ३० करोड राजस्व संकलन लक्ष्यमध्ये हालसम्म जम्मा ८ खर्ब २१ अर्ब ६७ करोड (५७.८९ प्रतिशत) मात्रै संकलन भएको छ ।
त्यस्तै, चालु वर्षमा रु ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्यमा पनि निराशाजनक प्रगति देखिएको छ । हालसम्म जम्मा १४ अर्ब २६ करोड ८८ लाख, अर्थात् २७.२७ प्रतिशत मात्र अनुदान संकलन भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अस्ट्रेलियामा जाने राष्ट्रिय क्रिकेट टोलीलाई गरियो बिदाइ, ललितको ठाउँमा शाहव आलम खेल्ने
- फोनिजद्वारा पत्रकार नयाँघरे र श्रेष्ठ सम्मानित
- सुनको तोलाको मूल्य दुई लाखनजिक
- समयमा काम नसक्ने दुई दर्जन ठेकेदार कम्पनीसँग स्पष्टीकरण
- यू-२० महिला एसियन कप छनोट : नेपाल र साउदी अरेबिया भिड्दै
- शिक्षा समितिबाट उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित
- साताकाे अन्तिम दिन शेयरबजारमा बढाेत्तरी, यी हुन् उच्च अंकले मूल्य बढ्ने कम्पनी
- भ्रष्टाचारी ठहरिए बागमतीका मेयर भरत थापा, उपमेयरलाई सफाइ
- स्वाट्टै घट्याे शेयर काराेबार, नेप्सेपनि घटेर बन्द
- बागमतीमा नवनियुक्त मुख्यमन्त्री र ८ मन्त्रीले लिए शपथ, ७ मन्त्री नयाँ
प्रतिकृया दिनुहोस