खेल

क्यानले गर्‍याे राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षक देसाईलाई बिदाई

  • १९ माघ शनिबार, २०८१ | १८:०५:०० मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट एसोसियसन क्यानले नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक मोन्टी देसाईलाई बिदाई गरेको छ ।

क्यानले दुई वर्षअघि नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त भएका मोन्टीको सम्झौता नवीकरण नगरेर बिदाई गरेको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाले प्रेस विज्ञप्ति जारी गर्दै मोन्टीको सम्झौता नवीकरण नगर्ने क्यानले निर्णय गरेको जानकारी दिएका हुन् ।

क्यानले माेन्टीकाे प्रशिक्षणमा नेपाली पुरुष क्रिकेट टीमले गरेकाे उत्कृष्ट प्रदर्शन र सफलताकाे लागि उनलाई धन्यवादज्ञापनसमेत गरेकाे छ ।

देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए ।

उनी प्रशिक्षक बनेसँगै नेपालले लिग- २ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय मान्यता जोगाएको थियो, तर पछिल्लो अवधिमा राष्ट्रिय टीमको प्रदर्शन सन्तोषजनक रहेको छैन ।

तपाईँको मत