गाउँ सहर

एलपी ग्यासमा दोहोरो मूल्य छिट्टै

  • १३ माघ आइतबार, २०८१ | ०८:४४:०० मा प्रकाशित

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीले खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य छिट्टै कार्यान्वयनमा आउने बताएका छन् ।

ग्यास विक्रेता महासङ्घ नेपालको ११ औँ वार्षिक साधारण सभा तथा छैटौँ राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै सचिव कार्कीले घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्यासमा फरक फरक मूल्य कायम गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार सुरुमा सबैले परल मूल्यमा ग्यास खरिद गर्नुपर्ने र घरायसी प्रयोजनका लागि उपभोक्तालाई अनुदान रकम पछि फिर्ता गर्ने तयारी मन्त्रालयको छ । ग्यासमा अनुदानबापत वार्षिक १० अर्ब रुपियाँ गइरहेको र पाँचचारे होटलदेखि आवश्यक नपर्ने ठाउँमा पनि अनुदान प्रयोग भएकाले यसलाई नियन्त्रण गर्न लागिएको उनले जानकारी दिए ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा। चण्डिका भट्टले सुरुमा परल मूल्यमा सबैलाई ग्यास वितरण गरिने र घरायसी उपभोक्तालाई एक साताभित्र अनुदान उपलब्ध गराइने तयारी भइरहेको जानकारी दिए।

तपाईँको मत